ताजा खबर

डिफेण्डीङ च्याम्पीयन एपिएफ र जनकपुर प्राधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनलमा

दिननाथ बराल

पोखरा, १, असार

डिफेण्डीङ च्याम्पीयन सशस्त्र प्रहरी वलको एपिएफ र क्षेत्र नम्बर ७ जनकपुर प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनलमा प्रबेस गरेका छन । पोखरा रंगशालामा आज (मंगलबार) भएको सेमिफाईनल खेलमा दुबै टिमले जित हासिल गरी यस बर्ष पनि उपाधिको लागि फाईनल खेलमा गत बर्षकै टिम प्रतिष्प्रर्धामा उत्रिने भएका हुन ।

पहिलो सेमिफाइनल खेलमा एपिएफले क्षेत्र नम्बर ९ धनगडीलाई ४ विकेटले पराजित गर्दै फाईनलमा यात्रा बनाएको हो । टस हारेर पनि पहिला व्याटिङको निम्तो पाएको धनगडीले निर्धारित २० ओभरमा ६ विकेटको क्षेतिमा ७६ रनको योगफल तयार पार्यो । ७७ रनको लक्ष्य पाएको एपिएफले १६ ओभरमा ६ विकेटको क्षेतिमा ८० रन पुराउदै जित हासिल गरेको हो । खेलमा एपिएफकी ऋतु कनुडीया प्लेयर अफ दी म्याच घोषित भईन । उनले एक विकेट लिदै १७ रन जोडेकी हुन ।

त्यसै गरी दोश्रो सेमिफाईनल खेलमा क्षेत्र नम्बर ७ जनकपुरले क्षेत्र नम्बर १ विराटनगरलाई ७ विकेटले पराजित गरेको हो । पहिला टस जितेर व्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा ७ विकेटको क्षेतिमा ५८ रनको योगफल तयार पार्यो । ५९ रनको लक्ष्य पाएको जनकपुरले ११ ओभरमा ३ विकेटको क्षेतिमा लक्ष्य पुरा गरेको हो । खेलमा जनकपुरकी अनुराधा चौधरी प्लेयर अफ दी म्याच घोषित भइन । उनले २ विकेट लिदै अविजित ३५ रन जोड्न सफल भईन ।

बुधबार विहान ८ बजे पछि तेश्रो स्थानको लागि क्षेत्र नम्बर ९ धनगडी बिरुद्ध क्षेत्र नम्बर १ विराटनगर विच खेल हुने भएको छ । बुधबार मध्यान्हः १२ बजे पछि एपिएफ बिरुद्ध जनकपुर विच फाईनल खेल हुने भएको आयोजक क्षेत्रिय क्रिकेट विकास समिति क्षेत्र नम्बर ८ पोखराले जनाएको छ ।

नेपाल सरकारको कार्यक्रम, राष्ट्रिय खेलकुद परिषदको तत्वाधान, नेपाल क्रिकेट संघको सहयोग संचालन भएको उक्त प्रतियोगितामा एक विभागिय सशस्त्र प्रहरी वलको एपिएफ सहित १० टिमको सहभागिता रहेको थियो । भूकम्पले राजधानिमा क्रिकेट मैदान विग्रेका कारणले पोखरा र चितवनमा लिग चरणका खेल सहित पोखरामा सेमिफाईनल तथा फाईनलका खेल हुने भएको हो ।

Related posts