ताजा खबर

एलजी स्मार्ट रेफ्रिजेरेटर बजारमा, पोखराबाट सार्वजनीक

दिननाथ बराल
पोखरा १, असार
सि.जी. ईलेक्ट्रोनिक्सले एलजी स्मार्ट रेफ्रिजेरेटर नेपालका मुख्य बजारमा ल्याएको छ । नेपालको प्रतिष्ठित कम्पनि सि.जी. गु्रप अन्र्तगत सि.जी. ईलेक्ट्रोनिक्सले एलजी स्मार्ट रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको मंगलवार पोखरामा आयोजित सार्वजनिक कार्यक्रममा कम्पनीले जानकारी गराएको हो । उक्त रेफ्रिजेरेटरले उर्जा बचत, ताजापन, कम ध्वनी प्रदुषण हुने भएको कम्पनिका नेश्नल सेल्स हेड पुरुषोतम भण्डारीले बताए ।

२ सय ५५ लिटर देखि ६ सय १२ लिटरका एलजी स्मार्ट रेफ्रिजेरेटरको मुल्य ३८ हजार ३ सय ९० देखि ८० हजार मुल्य बराबरका विभिन्न साईजमा बजारमा उपलब्ध भएको उनले बताए । सेल्स हेड भण्डारीका अनुसार १५ दिनसम्म रेफ्रिजेरेटरको एक्सचेन्ज अफर हुने भएको छ । पोखरा क्षेत्रमा एलजीको उत्पादन करीब ४३ प्रतिशत बजार ओगट्न सफल भएको छ भने नेपालमा २७ प्रतिशत बजार ओगट्न सफल भएको छ । लन्चीङको अवसरमा केहि छुट दिने समेत कम्पनीले जनाएको छ । एलजी कम्पनीका प्राविधिक अस्वीनीकुमार कर्णका अनुसार नयाँ मोडलको उक्त एलजी स्मार्ट रेफ्रिजेरेटरले ३६ प्रतिशत उर्जा बचत, ३६ प्रतिशत ध्वनि प्रदुषणलाई नियन्त्रण गर्ने र एलजी रेफ्रिजेरेटरमा भएको नयाँ स्मार्ट ईन्भर्टर कम्प्रेसर प्रविधिको १० बर्षसम्मको ग्यारेन्टी रहेको छ । कर्णका अनुसार एलजी कम्पनीले मात्र नयाँ स्मार्ट ईन्भर्टर कम्प्रेसर उत्पादन गर्छ , जुन अत्याधिक गुणस्तरीय छ । विजुली नभएको खण्डमा पनि एलजीको पावर कट एभरकुल प्रविधिले रेफ्रिजेरेटरभित्र समान तापक्रम गर्ने कर्णले दाबी गरे ।

एलजी स्मार्ट रेफ्रिजेरेटरका पोखराको आधिकारीक बिक्रेताहरु ६ वटा रहेका छन । जसमध्य पोखराको न्युरोडमा रहेको न्यु साउण्ड एण्ड भिजन, न्युरोडकै होलि भिजन, स्टार भिजन, डिजीटल साउण्ड एण्ड भिजन, पृथ्बीचोकको सोलार इलोक्ट्रोनिस, अम्मरसिंहचोकको विजी ईलेक्ट्रोनिस रहेका छन । एलजी स्मार्ट रेफ्रिजेरेटरले बिशेष एक्सचेन्ज अफर समेत ल्याएको छ । कुनै पनि ब्राण्डका रेफ्रिजेरेटर ल्याए त्यसको उचित मुल्य सहित एलजी स्मार्ट रेफ्रिजेरेटरसंग साट्न सकिने भएको कम्पनीले जनाएको छ ।

पोखराका कुनै पनि सो रुमबाट एलजी स्मार्ट रेफ्रिजेरेटर उपभोक्ताहरुले किन्न तथा साटफेर गर्न सकिने भएको भण्डारीले बताए । पुराना तथा अन्य रेफ्रिजेरेटरमा ४ वटा फ्रिक्सन प्वाईट भएको तर उक्त रेफ्रिजेरेटरमा नयाँ स्मार्ट ईन्भर्टर कम्प्रेसर प्रविधि केवल थोरै मात्र फिक्सन प्वाईट भएकोले थोरै सघर्षले गर्दा ३६ प्रतिशत उर्जा बचन हुने भएको कम्पनीले जनाएको छ । गण्डकी धौलागिरीका एलजी स्मार्ट रेफ्रिजेरेटरल सोरुम ईन्चार्ज बद्री भट्टराईले नेपाली उपभोक्तालाई समय सुहाउदो एलजी स्मार्ट रेफ्रिजेरेटर बजारमा उपलब्ध भएकोले यसले छिट्टै बजार लिने विश्वास व्यक्त गरे ।

Related posts