दिननाथ बराल
पोखरा जेठ ३२,
पोखराका विभिन्न अस्पतालमा उपचार भएका ६ सय २८ जना घाईतेहरुको लागि खानपानमा मात्र करीब ४० लाख ४० हजार खर्च भएको छ । वैशाख १२ गते आएको भूकम्पको कारणले गर्दा घाईते भएका भूकम्प प्रभावितहरुलाई वैशाख १३ गतेदेखि अस्पतालमा रेखदेख तथा खानपानमा हेरविचार गर्दै आएको नगर महिला समन्वय समिति पोखराले जेठ ३२ गतेसम्म उनीहरुको खानपानमा उक्त मुल्य बराबरको खर्च भएको समितिले जनाएको छ ।
समितिले सोमबारदेखि पोखराका विभिन्न अस्तापलमा हाल रहेका २५ जना घाईतेहरुको रेखदेख तथा खानपानको जिम्मा जिल्ला दैविक उद्धार समितिलाई जिम्मा लगाउदै आगामी दिनमा यस्ता विपदको समयमा आफुहरुले सक्दो सहयोग गर्ने भएको नगर महिला समन्वय समिति पोखराका अध्यक्ष पवित्रा गुरुङले बताईन ।
सहयोगी दाताबाटै आएको राहत सामाग्रिलाई आफुहरुको टोलीले विहान ७ बजे देखि वेलुका ७ बजेसम्म खटेर व्याबस्थापन गरेको बताउदै अध्यक्ष गुरुङले सहयोग गर्ने दाता प्रति धन्यवाद समेत दिएकी छन । समितिका अनुसार पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा २ सय ६० जना, गण्डकी मेडिकल कलेजमा १ सय ६३ जना, मणिपाल शिक्षण अस्पतालमा १ सय २९ जना, चरक मेमोरीयल हस्पतालमा ९ जना, फिस्टेल अस्पतालमा २७ जना, फेवासिटिमा २५ जना र हरियोखर्क अस्पतालमा १५ जनाको उपचार भएको छ । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका घाईते तथा उनका कुरुवालाई खानमापानमा १४ लाख १० हजार, गण्डकी मेडिकल कलेजमा १६ लाख, मणिपालमा ६ लाख, चरकमा ८१ हजार, फेवासिटिमा १ लाख ८७ हजार, फिस्टेलमा १ लाख ६२ हजार खर्च भएको समितिका अध्यक्ष गुरुङले जानकारी गराईन । हरियोखर्कमा भने खर्च लागेन ।
हरियोखर्कमा हाल ११ जना, मणिपालमा एक जना, मणिपालमा ५ जना, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा ८ जना भूकम्पबाट घाईते भएकाहरुको उपचार भईरहेको समितिका अध्यक्ष गुरुङले बताए । विभिन्न अस्पतालमा रहेका २५ जना घाईतेहरुको उपचार गराउन तथा रेखदेख गर्न सरकारी तथा गैरसरकारी संस्थाबाट गरीने भएको कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले बताए । उनले पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा बिरामीहरुको उत्कृष्ट रेखदेख भएको बताए । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डाक्टर श्रीकृष्ण श्रेष्ठले अस्पताल क्षेत्रमा हेल्प डेस्क स्थापना गरे पनि नगद नलिएको र जिन्सी सामानहरु मात्र लियर महिला समुहले राम्रोसंग व्याबस्थापन गरेकोमा खुलेर पं्रशम्सा गरे ।
अस्पतालमा उपचार गर्न आएका मध्य ८ जनाको मुत्यु भएको र १४ जनाले सन्तान जन्माएको समितिका सचिव सत्य खनालले बताईन । पोखरा उपमहानगरपालीकाका २८ वटैै वडाका महिलहरु भूकम्प प्रभावितहरुको रेखदेखमा आफ्नो घरको कामसंगै लागेको समितिका उपाध्यक्ष लक्ष्मी खाती परियारले बताइन। पोखरा उद्योग बाणिज्य संघका सदस्य सिता गुरुङले महिलाहरुले जस्तो पनि काम गर्न सक्ने दाबी गर्दै महिलाहरुले के गर्न सक्छन भनी स्थानीय निकायले पहिचान गर्न माग गरीन ।