दिननाथ बराल
पोखरा, जेठ ३२,
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत मंगलबार पोखरा रंगशालामा सेमिफाइनलका खेलहरु हुने भएका छन ।
डिफेण्डीङ च्याम्पीयन सशस्त्र प्रहरी वलको एपिएफ बिरुद्ध क्षेत्र नम्बर ९ धनगडी विच पहिलो सेमिफाईनल खेल हुने भएको छ । त्यसै गरी दोश्रो सेमिफाईनल खेलमा क्षेत्र नम्बर ७ जनकपुर र क्षेत्र नम्बर १ विराटनगर विच हुने भएको आयोजक क्षेत्रिय क्रिकेट विकास समिति क्षेत्र नम्बर ८ पोखराले जनाएको छ ।
समुह एको विजेता एपिएफले समुह बीको उपविजेता धनगडीसंग पहिलो सेमिफाईनलमा यात्रा बनाउदा समुह बीको विजेता क्षेत्र नम्बर ७ जनकपुर समुह एको उपविजेता क्षेत्र नम्बर १ विराटनगरसंग सेमिफाईनलमा यात्रा बनाएको हो । एक विभागिय टोली सहित १० टोलीको सहभागिता रहेको प्रतियोगितामा लिग चरणबाट ६ वटा टिम प्रतियोगिताबाट बाहिरिएका छन । चितवन र पोखरामा लिगचरणका खेलहरु भएका हुन ।
प्रतियोगितामा सहभागि समुह एबाट क्षेत्र नम्बर ३ काठमाण्डौं, क्षेत्र नम्बर ५ नेपालगञ्ज, क्षेत्र नम्बर ८ पोखरा र बाहिरिएका छन् भने समूह ‘बि’ बाट क्षेत्र नम्बर २ विरगञ्ज, क्षेत्र नम्बर ४ भैरहवा, क्षेत्र नम्बर ६ वैतडी प्रतियोगिताबाट बाहिरिएका हुन ।