ताजा खबर

ओसिमको हत्या काण्ड अझै ओझेलमा, न्याय नपाएसम्म शव बुझ्दैनौं पिडितका आफन्त

दिननाथ बराल

पोखरा  जेठ ३१,

स्टाफ नर्सकी विद्यार्थी ओसिम गुरुङको रहस्यमयी हत्या भएको पाँच महिना वितिसक्दा समेत घटनाको सत्य तथ्य सार्वजनिक हुन नसक्दा उनका आफन्त न्यायको खोजिमा भौतारीएका छन । पटक पटक न्यायको खोजिमा प्रशासन र प्रहरी कार्यालयमा धायका पिडितका आफन्तले पत्रकार सम्मेलन गर्दै गुहार माग्दै आएको ५ महिना वितिसक्दा समेत न्याय नपाए पछि आईतबार पुनः पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी न्यायको माग गरेका हुन । ओसिमको शव विगत ५ महिना देखि चितवन मेडिकल कलेज भरपुरमा रहेको छ ।

ओसिमका हजुर बुबा रुद्र बहादुर गुरुङले आफुहरुले न्याय नपाउन्जेल गुहार माग्दै देश भरी हिडेने बताए । उनले भने “मेरी नातिनी ओसिमको मनोज गुरुङ सहितको परिवारबाटै हत्या भएको हो, यसमा प्रहरी प्रशासन तथा राजनैतिक दलको संरक्षको कारणले गर्दा यो घटनालाई ओझेलमा पारीएको छ ।”

राजनैतिक, आर्थिक, प्रशासनीक दबाबका कारण धेरै क्षेत्रबाट आफुहरुले सहयोग नपाएको कारण गुहार माग्दै पुनः पोखरामा पत्रकार सम्मेलन गरी सत्य तथ्य सार्वजनीक गर्दै न्यायको खोजिमा पोखरा आएको हजुर बुबा गुरुङले बताए । उनले किटानी जाहेरी दिएका मनोजका बाबु सुर्य बहादुर गुरुङ, आमा लक्ष्मी र मनोजकी दिदी मोनिकालाई धरौटीमा छाड्नु र उनीहरुलाई नै प्रहरीले साची राख्नु गम्भीर ध्यान आकर्षण गरेका छन । मनोजका बाबु र आमाले एक एक लाख र दिदीलाई ८० हजारमा धरौटीमा रिहा गरेको छ भने हत्या आरोपि मनोज गुरुङ पुर्पक्षका लागि थुनामा छन् ।

मनोजसंग प्रेमसम्बन्ध रहेकी ओसिमको उनै मनोजको घरमा हत्या भएको ओसिमको परिवार र साथीभाईहरुले बताउँदै आएका छन् । यद्यपी मनोजको परिवारले भने आत्महत्या भनेर दाबी गर्दै आएको छ ।
ओसिमको मृत शरीरमा निलडाम, घाँटीमा घाउचोट, खुट्टामा घाउचोट, देब्रे खुट्टाको बुढी हौलाको चोप्टा गएको, गालामा घाउचोट भएको अबस्थामा भेटिएको उनका आफन्तले जनाएका छन ।

१९ बर्षीया ओसिम गुरुङ पोखरा नर्सिङ क्याम्पसमा स्टाफ नर्स तेश्रो बर्षमा अध्ययनरत छात्रा हुन भने उनी हिउदे विदामा गत पुष २५ गते नवलपरासि गएको उनका परिवारले जनाएको छ । कावासोति नगरपालीका ३ थकालीचोकका २० बर्षीय मनोज गुरुङले दिदी मोनिका गुरुङको जन्मदिन (बर्थडे) छ भनी फोनबाट वोलाएकोमा माघ २ गते नियोजित रुपमा उनको हत्या भएको ओसिमका मामा तारा प्रसाद गुरुङले बताए । उनले भने “ओसिमलाई हत्या भएको घटना देखि प्रहरी प्रशासनले बनाएको फाईल मुचुल्काबाटै प्रष्ट हुन्छ नियोजित ढंगले घटनालाई लुकाएन खोजिएको छ, हामी धेरै ठाँउमा धाईयोे तर पहुचका आधारमा हत्याराले प्रसय पाएको छ, हामी जस्ता सोझाले कहिले न्याय पाउने न्याय नपाउन्जेल शव बुझ्ने कुरै हुदैन बरु गोली खान तयार छु ।”

ओसिमका साथी सुमिना गुरुङले ओसिम एकान्तप्रेमी अन्य साथीहरुसंग खासै धेरै नहिड्ने कोठामा बढी बस्ने कसैसंग झई झगडा नगर्ने लगनशिल बिद्यार्थी भएको बताइन। एक्लै बस्दै आएकी ओसिमले केहि समय अघि मनोजसंग प्रेम सम्बन्ध राखे पनि बिछोड भएको केहि समय पछि पुनः मनोजले वोलाएर नियोजित ढंगले हत्या गरेको उनका आफन्तले जनाएका छन। यस अघि चैत्र १८ गते पोखरामा यसै घटनाको बारेमा पत्रकार सम्ेमलन भएको थियो भने चैत २९ गते पोखराका नर्सिङ कलेजका विद्यार्थीहरुले विरोध जनाउदै उक्त घटनाको हत्याको सत्यतथ्य छानविनको माग गर्दै बृहत शान्ति ¥याली निकालेका थिए ।

Related posts