ताजा खबर

ग्लोवल रिचद्धारा पोखरामा निशुल्कः परामर्श

दिननाथ बराल
पोखरा जेठ ३०,
पोखरा क्षेत्रबाट विदेशमा उच्च शिक्षा हासिल गर्न चाहाने बिद्यार्थीलाई ग्लोवल रिचले निशुल्कः परामर्श दिने भएको छ । भारतको कोलकक्तामा सन् १९९१ मा स्थापना भएको ग्लोवल रिचले आफ्नो २५ औं शाखाको रुपमा पोखरामा ग्लोवल रिचको शाखा स्थापना गरेको हो ।
चितवन र काठमाण्डौबाट स्थापना भईसकेको ग्लोवल रिचले पोखरा क्षेत्रमा धेरै बिद्यार्थी समयमै परामर्शको अभावले गर्दा राजधानि लगायतका ठाँउमा धाउनु पर्ने बाध्यतालाई तोड्न पनि आफुहरुले पोखरामा उक्त शाखा स्थापना गरेको ग्लोवल रिच नेपालका प्रमुख नारायण बजाजले बताए । गुरुङ व्युटि एकेडेमीका निर्देशक सौदर्यविद् चिनु गुरुङको व्याबस्थापनमा पोखरा क्षेत्रका युवाहरुलाई लक्षित गरी उक्त शाखा कार्यालय स्थापना गरीएको हो । आफ्नी छोरी ग्लोवल रिचबाट अष्टे«ेलीया अध्ययन गर्न पुगेकोले आफु प्रभावित भएर उक्त शाखा कार्यालय स्थापना गर्न आफुहरु लागेको चिनु गुरुङले बताईन ।

ग्लोवल रिच नेपालका प्रमुख बजाजले विगत ८ बर्ष देखि आफुहरुले नेपालबाट करीब २ हजार जना बिद्यार्थीहरुलाई विदेशमा उच्च शिक्षा हासिल गर्न विदेश पठाएको दाबी गरे । यसमा ८० प्रतिशतजसो बिद्यार्थीहरु अष्ट्रेलीया गएको उनले जनाए । उनले भने “हामीले विदेशका धेरै मुलुकमा उच्च शिक्षा हासिल गर्नको लागि बिद्यार्थीहरुलाई हामीले निशुल्कः रुपमा पराशर्म दिने गरेका छांैं, यसमा हामीले भिषा प्रकृया अघि बढाउन तथा विश्व बिद्यालयलमा अध्ययनको लागि समन्वय गर्ने छौं ।” आफुहरुलाई विश्व बिद्यालयबाटै कमिशन आउने भएकोले परामर्श दिएको शुल्कः नलिने गरेको ग्लोवल रिच नेपालका प्रमुख बजाजले बताए । ग्लोवल रिचको भारतमा २० वटा शाखा, भुटान, बंगलादेश र अष्ट्रेलीयामा शाखा कार्यालय स्थापना भएको छ । ग्लोवल रिचले आगामी बर्ष वुटवलमा शाखा स्थापना गराउने लक्ष्य राखेको छ ।

पोखरामा उक्त शाखा कार्यालयबाट अगेेंजी भाषा कक्षा समेत संचालन गर्ने भएको शाखा प्रमुख सरिता गुरुङले बताइन ।
यसै विच उक्त शाखा कार्यालयको एक समारोहका विच सुक्रबार शिक्षाविद एलीयामा जोनले उद्घाटन गरीन । कार्यक्रममा बोल्दै उनले प्लस टु सकेका केहि बिद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्न अधिकाशं राजधानि धाउने गरेको बताउदै उनीहरुमा उच्च शिक्षाको राम्रो पराशर्म हुन नसकेको गुनासो गरीन । कक्षा ११ मा अध्ययनकै क्रममा उनीहरुले अन्तराष्ट्रिय शिक्षाको लागि राजधानि धाउने गरेको उनले बताईन ।

Related posts