ताजा खबर

गण्डकी नारी सम्मानबाट संचारीका समुहका अध्यक्ष शर्मा सम्मानित

दिननाथ बराल
पोखरा ३०, जेठ
गण्डकी नारी सम्मानबाट संचारीका समुहका अध्यक्ष निर्मला शर्मा सम्मानित भएकी छन । लायन्स क्लव अफ पोखरा गण्डकीद्धारा स्थापित गण्डकी नारी सम्मानबाट एक समारोहका विच शनिबार संचारीका समुहका अध्यक्ष शर्मालाई कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक गर्भनर ३२५ बी वान नेपालका एमजेएफ लायन भुगोल शेरचन, आयोजक संस्था लायन्स क्लव अफ पोखरा गण्डकीका अध्यक्ष मन्जु पन्तले सम्मान पत्रको साथमा दोसला ओढाएर सम्मान गरेका हुन । सम्मानको साथमा नगद २५ हजार समेत रहेको छ ।
पत्रकारीता क्षेत्रबाट महिलाको उत्थानमा उल्लेखनिय योगदान पुराएको भन्दै अध्यक्ष शर्मालाई सम्मान गरेको गण्डकीका अध्यक्ष पन्तले बताईन । यस अघि गीत संगीतको क्षेत्रबाट गायीका बाबा राणा उक्त सम्मानबाट सम्मानित भई सकेकी छन । उक्त क्लव विश्वमै पहिलो महिलाहरुको क्लव हो भने नेपालमा सन् १९८७ मा नेपालमा स्थापना भएको हो ।

Related posts