ताजा खबर

मिस नेपाल सदीक्षा सहितको जोडी मोटर ¥यालीमा प्रथम

दिननाथ बराल

पोखरा, ३० जेठ

मिस नेपाल सदीक्षा श्रेष्ठ र राज वजिमयको जोडी पर्यटकीय नगरी पोखरामा शनिबार भएको आठौं संस्करणको सिन्सियर सिटिजन्स मोटर ¥याली प्रतियोगितामा प्रथम भएका छन । पोखरा रंगशालाबाट सुरु भएको प्रतियोगितामा ५२ प्रतियोगिहरुलाई पछि पार्दै मिस नेपाल सदीक्षा सहितको जोडीले प्रथम स्थान हासिल गर्न सफल भएको हो । गति, समय र दुरीको आधारमा ४ फरक ठाउँमा चेक प्वाइन्ट राखेर कम्प्यूटराइज्ड माध्यमबाट गरिएको निर्णयमा मिस नेपाल सदिक्षा र बजिमयको जोडी प्रथम भएको हो ।

प्रतियोगितामा समिज राजभण्डारी र अनुप खड्काको जोडी द्वितीय, राजु दहाल र सीता दहालको जोडी तेश्रो भए । त्यस्तै, प्रदीप भण्डारी र विनिता कार्कीको जोडी चौथो तथा बिजय मोक्तान र राजकुमार प्रधानको जोडी पाँचौ भए भने केशवप्रसाद अधिकारी र माधवप्रसाद गौतमको जोडी समग्रमा उत्कृष्ट भएको नासा गण्डकी धौलागिरीका महासचिव मोहनबाबु खड्काले जानकारी दिए । बिजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेपाल अटोमोवाइल्स स्पोर्टस एशोसियसन ‘नासा’को आयोजना पोखराको पर्यटन प्रवद्र्धन र सडक सुरक्षा सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले उक्त मोटर ¥याली पोखरामा आयोजना गरीएको कार्यक्रम संयोजक शिव श्रेष्ठले बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले उक्त ¥यालीको उद्घाटन गर्दै भूकम्पले प्रभाभित भएको अबस्थामा यस्ता गतिविधिले पर्यटन प्रवद्र्धन हुने बताए ।

पोखरा रङ्गशालाबाट शुरु भएको ¥याली अमरसिंहचोक, महेन्द्रपुल, पृथ्वीचोक, विरौटा, राष्ट्रवैंकचोक, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, हरिचोक, हेम्जा हुँदै काँडेमा पुगेर समापन भएको थियो । निर्णायकमा नासाका केन्द्रीय अध्यक्ष दशरथ रिजाल सहितको विज्ञ टोली रहेको थियो ।

३५ दशमलव ८ किलोमिटरको दुरी निर्धारण गरीएको ¥यालीमा मोटर स्पोर्टको अन्तर्राष्ट्रिय नियम प्रयोग गरिएको ¥यालीको टेक्निकल टिमका संयोजक तथा नासका सचिव सुशिल तण्डुकारले बताए । नेपालको भूः बनाओटलाई सुहाउने मोटर स्पोर्टस्को माध्यमबाट नेपालका पर्यटकीय गन्तव्यको प्रबद्र्र्धनको साथै सडक सुरक्षाको सन्देश समेत पु¥याउन ¥याली सफल भएको ¥यालीका संयोजक श्रेष्ठ दाबी गरे ।

Related posts