दिननाथ बराल
पोखरा, २९ जेठ
विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफले पोखरामा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत सुक्रबारको खेलमा आयोजक क्षेत्र नम्बर ८ पोखरासंंग अङक बाडेको छ ।
सुक्रबारको पहिलो खेलको क्रममा पानी परेका कारण सुक्रबार खेल संचालन हुने अबस्था नभए पछि एपिएफले पोखरासंग खेल ड्र हुदा एक एक अङक बाडेका हुन । आयोजक पोखरा भने एक अङक बटुलेको छ । पोखराले तीन खेल मध्य दुई खेलमा हार व्यहोरेको हो । पोखरा प्रतियोगिताबाट बाहिरिए पनि औपचारीकताको लागि भने जेठ ३१ गते क्षेत्र नम्बर १ विराटनगरसंग खेल्ने छ । समुह एमा रहेको एपिएफले सुक्रबारसम्मको खेलमा शिर्श स्थानमा रहदै ५ अङक जोडन सफल भएको छ ।
सुक्रबार भएको दोश्रो खेलमा क्षेत्र नम्बर ३ काठमाण्डौले क्षेत्र नम्बर १ विराटनगरलाई ३२ रनले पराजित गर्दै सेमिफाईनलको यात्रा जिवितै राखेको छ । टस जितेर व्याटिमा उत्रिएको काठमाण्डौले निर्धारित २० ओभरमा ९ विकेटको गुमाउदै १ सय १८ को योगफल तयार पार्यो । १ सय १९ रनको लक्ष्य पाएको विराटनरले १८ दशमलव ३ ओभरमा सवै विकेट गुमाउदै ८६ रनमै सिमित हुदा काठमाण्डौसंग पराजित भएको हो । खेलमा प्लेयर अफ दी म्याच काठमाण्डौकी सारदा वाग्ले घोषित भईन । काठमाण्डौले दुई खेल खेल्दै ४ अङक बटुल्दै समुह एको दोश्रो स्थानमा रहेको छ ।
क्षेत्र नम्बर ७ जनकपुर प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७२ को सेमिफाईनलमा प्रबेस गरेको छ । समुह बीमा रहेको जनकपुरले चितवनमा भएको तीस्न खेलमा लगातार जित हासिल गरी ६ अङक बटुल्दै सेमिफाईनलको यात्रा पक्का गरेको हो ।
सुक्रबार भएको खेलमा जनकपुरले क्षेत्र नम्बर ६ वैतडीलाई २६ रनले पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएको हो । शुक्रबार भएको प्रतिष्पर्धामा टस जितेर पहिले ब्याटिङ्ग गरेको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षेतिमा ९९ रन जोडेको थियो । एक सय रनको बिजय लक्ष्य पछ्याएको वैतडी निर्धारित २० ओभरमा ८ विकेट गुमाएर केवल ७३ रनमा समेटिएपछि जनकपुर बिजयी भएको छ । खेलमा जनकपुरकी शोभा आले प्लेयर अफ दी म्याच भइन् ।
शुक्रबारै चितवनमा भएको दोश्रो खेलमा क्षेत्र नम्बर ४ भैरहवाले क्षेत्र नम्बर २ बिरगञ्जलाई ४४ रनले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ्ग गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतिमा १ सय १० रनको योगफल तयार ग¥यो । जवाफी व्याटिङ्गमा उत्रिएको बिरगञ्ज १७.४ ओभरमा अलआउट हुँदै केवल ६६ रनमा समेटिएपछि भैरहवाले जितेको हो । भैरहवाकी सरस्वती पुन प्लेयर अफ दी म्याच घोषित भईन । शनिबार पनि पोखरा र चितवनमा दुई दुई खेल हुने भएको छ ।