२०७२ जेष्ठ २९,
म ४५ वर्षीय विवाहित पुरुष हुँ । श्रीमतीसँग महिनामा दुई–तीन पटक मात्र यौनसम्बन्ध हुन्छ, किनभने मलाई यौन क्रियाकलापमा त्यति चासो लाग्दैन । हामीबीच मनमुटाव भैरहन्छ । विभिन्न लेखमा यौन क्रियाकलापले धेरै किसिमको फाइदा गर्छ भन्ने कुरा पढेको छु । विशेष गरेर यौनले श्रीमान्–श्रीमतीबीचको सम्बन्धलाई बलियो बनाउँछ र स्वास्थ्यमा पनि सकारात्मक असर गर्छ भनिएको पाइन्छ, के यो साँचो हो ? के मैले पनि श्रीमतीसँगको सम्बन्ध सुधारका लागि यौनसम्बन्धमै ध्यान दिनुपर्छ ?
एस.
तपाईंले लेखहरूमा पढ्दै आएको कुरा सत्य हो । रूढिबादी विचारअनुसार विवाहित मानिस अविवाहित मानिसभन्दा स्वस्थ हुन्छ र धेरै बाँच्छ । शिष्ट, भद्र र आवश्यक मात्राको यौन क्रियाकलापले जीवनमा सकारात्मक असर पार्छ । यो प्राकृतिक कुरा हो र यसले मानिसलाई एउटा नियमितता र अनुशासनमा अड्याएको हुन्छ ।
यौन क्रियाकलापका फाइदा वा बेफाइदाका बारेमा पर्याप्त खोजी भएका छन् । ती अनुसन्धानअनुसार यौन क्रियाकलापले शरीर र आत्मा दुवैलाई फाइदा पुग्छ । विवाहित पुरुषहरूमा ह्दयाघात पनि कम हुने ती अध्ययनहरूले देखाएका छन् । के अविवाहित पुरुषहरू अस्वस्थ हुने र ह्दयाघात नहुने हुन सक्दैन ? विशेषज्ञहरू भन्छन्— जो विवाह नै नगरे पनि लामो समयदेखि प्रेम र यौनसम्पर्कमा संलग्न छन्, उनीहरूको स्वास्थ्य तुलनात्मक रूपमा राम्रो भएको पाइयो ।
पेनसिल्भेनियाको स्कुल अफ मेडिसिनका चिकित्सक माइकल किरिगलियानोले त यौन क्रियाकलापलाई एक किसिमको शारिरीक व्यायाम भनेका छन् । डा. माइकलका अनुसार यदि सातामा तीन पटक यौनसम्बन्ध राख्ने हो भने त्यसले झन्डै ७ हजार ५ सय क्यालोरी नष्ट गर्छ, जुन ७५ माइल हिँडे बराबर हो । यौनसम्बन्धका क्रममा श्वासप्रश्वास तीव्र हुन्छ, जसले अक्सिजनको मात्रा बढाई शरीरका तन्तुहरूमा अक्सिजन मात्रा बढाउँछ । पर्याप्त मात्रामा प्रवाहित अक्सिजनले शरीरका अंगहरूलाई स्वस्थ राख्न मद्दत गर्छ । यति मात्र होइन, यौन क्रियाकलापलाई सही ढंगले अघि बढाउँदाका अन्य फाइदा पनि छन् ।
शिकागो नर्थ वेस्र्टन युनिर्भसिटीका डाइरेक्टर डाक्टर करिन डोनाहेका अनुसार कुनै पनि किसिमको शारीरिक व्यायामले पुरुषमा टेष्सेटेरिन हार्मोन बढाउँछ र यो हार्मोन बढ्दा पुरुषको हड्डी र मासंपेशी बलियो हुन्छ । नियमित रूपमा स्वस्थ यौन क्रियाकलाप राख्दा कोलेस्टोरलको मात्रा बिस्तारै कम हुन्छ ।
अमेरिकन एसोसियसन अफ सेक्स एजुकेटर डाक्टर विभरली विपलका अनुसार यौन क्रियाकलाप र अग्र्याजमका क्रममा निस्कने हार्मोनका कारण मांसपेसी र टाउकोको पीडा कम गर्न मद्दत मिल्छ । कुनै औषधिको प्रयोगबिना डीएचईए हार्मोनको विकास हुन्छ । यो हार्मोन शरीरका लागि महत्वपूर्ण मानिन्छ । यो हार्मोन अग्र्याजम वा स्खलन हुनुभन्दा ठीक अघि निस्कन्छ । यौन क्रियाकलापका क्रममा यो हार्मोन सामान्य अवस्थामा भन्दा ३ देखि ५ प्रतिशत बढीले निष्कासन हुन्छ । अनुसन्धानकर्ताहरू भन्छन्— ग्रन्थिमा बढ्ने एक प्रकारको तरल पदार्थले प्रोस्टेटको समस्या हुन्छ । उमेर छिप्पिँदै जाने क्रममा धेरै पुरुषमा यो समस्या बढ्दै जान्छ । नियमित स्खलनले यही तरल पदार्थलाई यौन क्रियाकलापका क्रममा बाहिर निकाल्ने काम गर्छ र प्रोस्टेटको समस्या पनि केही कम हुन्छ ।
डोनाहेले सेक्स पुरुषहरूका लागि तनाव कम गर्ने प्रभावकारी माध्यम हो भनेका छन् । यौन क्रियाकलापले दुई जनाबीचको सम्बन्धलाई नजिक बनाउँछ । एक–अर्कालाई स्पर्श गर्दा ओक्सिटक्सिन हार्मोन बढ्छ । यसलाई दुई जनालाई नजिक ल्याउने हार्मोन पनि भनिन्छ । ओक्सिटक्सिन हार्मोनलाई यौन ईच्छा बढाउने हार्मोन पनि भनिन्छ, जुन हार्मोन नियमित रूपमा निस्कँदा यौनसम्बन्ध स्वस्थ रूपमा अघि बढ्छ । नियमित यौनसम्बन्धले महिलामा इस्ट्रजिन हार्मोन बढाउँछ, उनको मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ र योनिका तन्तुहरूलाई नरम बनाउने काम गर्छ । यसरी यौन क्रियाकलापले स्वास्थ्य र शरीरमा देखिने विभिन्न प्रकारका असन्तुलनसमेत मद्दत पुग्छ ।
ओहायो युनिर्भसिटीका मनोविद् क्रिस्टिोफर फगुन्डोसका अनुसार विवाहपश्चात् लागूपदार्थ दुव्र्यसनी हुने जोखिम पनि कम हुन्छ । मनेचिकित्सक सुदिप्ता वर्मा भन्छिन्— जो एक्लोपन मन पराउँछ र बेखुसी हुन्छ ऊ एक्लो हुने अवस्था धेरै हुन्छ र त्यसले उदासीपनलाई बढावा दिन्छ । अर्का मनोविद् थियोदोर रोबल्स भन्छन्— विवाहपश्चात् आफ्नो पार्टनरले के खानुपर्छ, के खानु हुँदैन भनेर हेरचाह हुने हँुदा स्वास्थ्यमा सुधार आउँछ ।
यौन क्रियाकलाप अनुशासित, मर्यादित, नियमित र एउटा सीमाभित्र हुनुपर्छ । त्यसो भए शरीरलाई पर्याप्त फाइदा हुन्छ । अनुशासन र सीमाबाहिर हुने गतिविधिले रोग लाग्ने, समस्यामा परिने तथा तनाव सिर्जना हुने खतरा हुन्छ ।
स्रोत : साप्ताहिक