व्यावसायीले प्रशासनलाई नपत्याए पछि सेतीको पहिरो हटाउन ढिलाई

दिनानाथ वराल

पोखरा, २८ जेठ,

स्थानीय व्यावसायीहरुले प्रशासनलाई नपत्याए पछि पोखराको सेतीनदीमा खसेको पहिरो हटाउन ढिलाई भएको छ । बैशाख १२ को भुकम्पले चर्काएको चट्टान बैशाख २९ गतेको परकम्पले पोखराको बगरस्थित पृथ्वीनारायण क्याम्पसको पूर्वपट्टीको सेती किनारको ठुला चट्टान सहितको पहिरो खस्दा सेतीको प्रवाहमा सामान्य अवरोध पुगेको छ ।

उक्त अवरोध हटाउन स्थानीय प्रशासनले तत्काल स्काभेटरको खोजि गर्दा स्थानीय स्काभेटर व्यावसायीहरुले हालटाल गरेर स्काभेटर उपलब्ध नगराएका कारण सेतीनदीको पहिरो हटाउन ढिलाइ भएको कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले बताए । उनले भने “विपदको समयमा पनि स्काभेटर आवश्यक भयो भन्दा व्यावसायीहरुले हामीलाई टेरेनन, पैसा दिन्छु भन्दा पनि आलटाल गरेर समयमै स्काभेटर उपलब्ध नभएका कारण पहिरो हटाउन ढिलाई भएको हो ।” स्थानीय एक व्यावसायी बालकृष्ण कोईराला ४ दिन स्काभेटर उपलब्ध गरएकोमा दुई वटा स्काभेटरले सानो पहिरो हटाएको प्रजिअ राउतले बताए । उनले भने “चार दिनको स्काभेटरले गरेको कामको ६ लाख ७५ हजारको विल आएको छ । ”

सेती नदीमा खसेको चट्टानसहितको पहिरो हटाउन विचमा ैक िहदिन काम भए पनि पुनः एक शुरु भएको छ । तत्काल उक्त पहिरोले खासै असर नपार्ने देखिए पनि ठुलो बर्षा हुदा भने जोखिम हुने भएकोले प्रशासनले उक्त पहिरो हटाउन लागेको हो । स्थानीय व्यावसायीले स्काभेटर उपलब्ध होला र काम गरौला भन्दै प्रतिक्षामा बसेको उक महिना विते पछि जिल्ला विकास समितिको जेसिभीको प्रयोग गरेर पहिरो हटाउन सुरु भएको छ । पहिरो हटाउन पोखरा एयरपोर्टस्थित काली भञ्जन गणका मेजर पूर्णराज खत्रीको नेतृत्वमा ईन्जिनीयरको एक टोली खटिएको छ ।

टोलीलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले सहयोग गर्ने भएका हुन । उक्त पहिरोमा ठुला ठुला चट्टान भएकोले पहिरो हटाउन करीब एक हप्ता लाग्ने मेजर खत्रीले बताए । विष्फोट गरेर चट्टान सहितको पहिरो सानो सानो भागमा पुराउने उनले बताए । उनले भने “रक ड्रिल मेसिनले डुंगामा प्वाल पारेर एक्सपोलोसीप हालेर पहिरोको रुपमा खसेका ठुला चट्टानलाई टुक्रा टुक्रा बनाउनु पर्दछ ।” विहिबार जेसिभी प्रयोग गरेर एयर कम्प्रेसर मेसिल लैजाने बाटो बनाएको छ । मेजर खत्रीले एकैपटक ठूलो विष्फोट गराउँदा नजिकका क्षेत्रमा समेत असर परेर झन बिनास निम्तिने भएकाले चट्टानमा साना साना प्वाल पारेर विष्फोट गराउदै पहिरो हटाउनु पर्ने बताए । पहिरो समयमै नहटाए बर्खामा ठूलो क्षेति पु¥याउन सक्ने भन्दै विज्ञहरुले चेतावनी दिदै आएका छन । भुगोलविद्हरुले चेतावनी दिएपछि प्रजिअ राउतले पहिरो हटाउने पहल शुरु गरेका हुन ।

Related posts