ताजा खबर

१६ लाखमा चलचित्र मोफसल

दिननाथ बराल

पोखरा, जेठ २८,

१६ लाखको लागतमा नेपाली कथानक चलचित्र ‘मोफसल’ निमार्ण भएको छ । द्वीपज्योति कला सांस्कृतिक मञ्च पोखराको पहिलो प्रस्तुती नेपाली कथानक चलचित्र ‘मोफसल’ निमार्ण भएको होे । उक्त चलचित्र यहि जेठ ३० गते पोखरामा प्रदर्शन गरिने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

मोफसलमा रहदा बेहोर्नुपरेका समस्यालाई लिएर बनाइएको चलचित्र ‘मोफसल’को दीपेन्द्र श्रेष्ठले निर्देशन गरेका छन् । चलचित्रको निर्माण
आशिष पुनले गरेका हुन् भने आशिष पुन, प्रेमी गुरुङ, दीपक थापा, प्रतिमा गुरुङ, रोसनी गुरुङ लगायतको अभिनय रहेको छ ।

निर्माता आशिष पुनले मोफसलमा बसेर जति नै राम्रो काम गरेपनि स्थानिय कलाकार, स्थानिय समाजसेवी, स्थानिय व्यक्तित्व, स्थानिय खेलाडी भनिने तर राजधानीमा बसेर एक÷दुइ वटा काम गरेकै आधारमा राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी वा राष्ट्रिय व्यक्तित्वमा पहिचान पाउने गुनासो गरे । उनले राजधानीबादको ह्याङ हटाएर मोफसलमा बसेर पनि राम्रो काम गर्न सकिन्छ भन्ने सन्देश दिने प्रयाश आफूले गरेको बताए । पोखरा, तनहुँ, डुम्रे, माछापुच्छे« हिमाल वरपर, कोत्रे, पर्वत लगायतको क्षेत्रमा छायाँङकन गरीएको कलाकार जय पुनले बताए।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *