ताजा खबर

भुकम्प पिडितलाई सांग्रिला बैकको थप ४ लाख ९० हजार सहयोग

दिननाथ बराल
पोखरा जेठ  २८ ,
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले भूकम्प प्रभावितहरुको लागि थप ४ लाख ९० हजार ५ सय ३६ रुपैया आर्थिक सहयोग गरेको छ । गत बैशाख १२ गते र त्यसपछी आएको भुकम्पको पराकम्पले देशका बिभिन्न ठाउंँमा भएको जनधनको क्षति , हजारौ मानिसहरु घरवार बिहीन भएका ब्यक्तीलाई केही राहत प्रदान गर्ने उद्धेश्यले बैकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको बैंकका प्रमुख कार्यकारी अधिृकत राजेन्द्रप्रसाद पौडेलले बताए ।

प्रधानमन्त्री सुशिल कोईराला मार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकका प्रमुख कार्यकारी अधिृकत राजेन्द्रप्रसाद पौडेल र नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीबाट संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन ।

यस अघी बैैंकले आफ्नो संस्थागत सामाजिक उत्तर दायित्व अन्र्तगत सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एभिन्यूज टेलिभिजनको संयुक्त सहकार्यमा संकलन भएको २१ लाख ८५ हजार ३ सय ६२ रुपैया बराबरको चेक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरि सकेको छ । यस बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाण्डौंमा आपत्कालीन राहतकोष खडा गरि उक्त कोषमा यस विकास बैंक, संचालक समिति र सम्पूर्ण कर्मचारीहरुको तर्फबाट  तथा देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरु बाट उक्त रकम जम्मा भएको बैंकले जनाएको छ ।

Related posts