ताजा खबर

एमालेद्वारा १६ बुँदे सहमति अनुमोदन

काठमाडौ, जेष्ठ २८,
एमालेले संविधान निर्माण हुने सुनिश्चितता भएकाले १६ बुँदे सहमति कार्यान्वयनमा लाग्ने निर्णय गरेको छ । एमाले स्थायी समितिको बुधबारको बैठकले १६ बुँदे सहमति अनुमोदन समेत गरेको छ ।

१६ बुँदे सहमतिअनुसार छिटो संविधान जारी गर्न पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । बैठकमा अध्यक्ष केपी ओलीले सहमतिका क्रममा भएका छलफलबारे ब्रिफिङ गरेका थिए । उनले सहमति कार्यान्वयनमा ढिलाइ भए अनेक खालका विषय उठ्न सक्ने भएकाले त्यसलाई छिटो कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

सहमतिअनुसार नै संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा आफ्ना नेताहरूलाई प्रस्तुत गराउने निर्णय पनि एमालेले गरेको छ ।

स्रोत : कान्तिपुर

Related posts