ताजा खबर

नायिकाको फोटोमा अश्लील कमेन्ट गरेपछि

२०७२ जेष्ठ २७ बुधवार,
‘तिम्रा आमा, दिदी, पत्नीचाँहि महिला होइनन् ?’
एजेन्सी : सन् २०१३ मा फिल्म ‘फुक्रे’ मा देखिएकी एक बलिउड नायिका अहिले चर्चाको शिखरमा छिन् ।नायिका विशाखा सिंह फिल्म खेलेर या उनको फिल्म हिट भएर उनी चर्चामा आएकी होइनन् । फेसबुकमा उनले पोस्ट गरेको एउटा फोटोले उनलार्इ चर्चित बनाइदिएको हो ।हालै फेसबुकमा राखिएको उनको एउटा फोटोमा गरिएको छोटो कमेन्टले चर्चामा ल्याएको छ । उनले सामन्य पोशाकमा पोस्ट गरेको फोटोमा मोहम्मद मुस्तकिम सैफी नामका एक फलोअरले गरेको एउटा कमेन्ट भारतमा बहसको विषय बनेको हो ।

 विशाखाको फोटोमा कमेन्ट गर्दै उनले लेखे, ‘नाइस लुकिङ र नाइस बुब्स ।’ यो कमेन्टलार्इ विशाखाले हल्का ठानिनन् । उनले यो कमेन्टको कडा जबाफ दिइन् । उनले कमेन्ट गर्ने मुस्तिक सैफीलार्इ हिम्मत भए पहिले आफ्नो प्रोफाइलमा आफ्नो फोटो लगाएर कमेन्ट गर्न चुनौती दिइन् ।
‘मिस्टर एमडी मुस्तकिम सैफी तिम्रो प्रोफाइलबाट निर्दोष कलिला बालबालिकाको तस्बिर हटाउ । सक्छौ भने तिम्रो आफ्नै प्रोफाइल फोटो राख अनि कमेन्ट गर । नाइस बुब्स, मलार्इ थाहा छ, म महिला हुँ र, तिम्रो सामान्य बुझाइमा पनि’ उनले लेखिन्, ‘हो सबै महिलाको स्तन हुन्छ । तिम्री आमा, दिदी, पत्नी, आन्टी, छोरी र साथीको पनि । के तिमी ती सबैलार्इ ‘नाइस बुब्स’ भन्न सक्छौ ? तिम्रो लागि म दु:खी छु । यति भन्ने हिम्मत म मा छ । तिमी मेरो पेजबाट बाहिरिन सक्छौ ।’
विशाखा यतिमै रोकिइन् । जब विकास सिंह नामका अर्का पुरुषले पनि उनको टी-सर्टमा लेखिएको वाक्यलार्इ लिएर कमेन्ट गरे तब उनले झन कडा जवाफ फर्काइन् । ‘साधरण अवस्थामा तिम्रो कुरा जायज छ । तर तिमी आफ्नो अडानमा नरही बहकिन्छौं ।’
यसमा पनि उनले कडा जवाफ दिइन् । ‘विकास सिंह, हेर्दा तिमी शिक्षित देखिन्छौ ।टी-सर्टमा लेखिएको कुरालार्इ कसरी गलत अर्थ लगाउन सक्छौ ? मेरो छाती, पाखुरा र कुमबारेमा बालकजस्तो टिप्पणी बन्द गर । हे ! परमेश्वर महिला र महिला सुरक्षाका मुद्दाहरूमा मद्धत गर ।’
स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *