ताजा खबर

मिर्गौलामा ४ सय २० पत्थर

२०७२ जेष्ठ २७,

बेइजिङ/ मिर्गाैलामा पत्थर जम्दा मानिसको मृत्युसमेत हुन सक्छ । सानो पत्थरले नै स्वास्थ्यमा धेरै समस्या पार्छ । तर, चीनमा एउटा अपत्यारिलो घटना घटेको छ । त्यहाँका चिकित्सकले एक मानिसको मिर्गाैलाबाट चार सय २० पत्थर निकालेका छन् । दुई घन्टा लामो शल्यक्रियापछि मिर्गाैलाबाट सबै पत्थर निकालिएको चिकित्सकले बताएका छन् । चिनियाँ पत्रिका कियानजियांग इभिनिङ पोस्टका अनुसार डोंगयांगको एक अस्पतालमा ती मानिसको शल्यक्रिया भएको हो । ती मानिसले पानी कम पिएकाले मिर्गाैलामा त्यति धेरै पत्थर जम्मा भएको चिकित्सकले बताएका छन् । उनीहरूले सल्लाह पनि दिएका छन्, ‘क्याल्सियमयुक्त खाना खाएपछि मानिसले पानी धेरै पिउनुपर्छ ।’ ती मािनसले मेमा पहिलोपटक चिकित्सकसँग मिर्गाैलाबारे समस्या बताएका थिए । त्यसपछिको सिटी स्क्यानमा उनको मिर्गाैलामा पत्थर देखिएको थियो । तर, चार सय २० पत्थर होलान् भन्ने न चिकित्सकले सोचेका थिए, न ती मानिसले । तैपनि मिर्गाैलामा चार सय २० पत्थर भेटिएको यो पहिलोपटक होइन । विश्व रेकर्डभन्दा यो धेरै कम हो । गिनिज बुक अफ वल्र्ड रेकर्डस्का अनुसार २००९ मा भारतमा एकजनाको मिर्गाैलाबाट एक लाख ७२ हजार एक सय ५५ वटा पत्थर निकालिएका थिए । ती पत्थर निकाल्न चिकित्सकले तीन घन्टा लामो अपरेसन गरेका थिए ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *