ताजा खबर

दीपिका-रणवीर इन्गेजमेन्ट गर्दै

२०७२ जेष्ठ २७ ,

दीपिका पादुकोण र रणवीर कुपरका प्रशंसकका लागि खुसीको खबर छ । बलिउडकी हालकी चर्चित अभिनेत्री दीपिका पादुकोण अभिनेता रणवीर सिंहसँग इन्गेजमेन्ट गर्ने मुडमा पुगेको समाचार भारतीय सञ्चारमाध्यमले दिएका छन् ।

त्यही भएका कारण हालै मलेसियामा भएको आइफा अवार्डको रिहर्सल छोडेर दीपिकाका बाबु प्रकाश पादुकोणको जन्मदिन मनाउन बेंगलुरु गएका थिए । उनले दीपिकाका बाबुको जन्मदिनको पार्टी होस्ट नै गरे । रणवीरको यस्तो कदमबाट दीपिकाका परिवारका सदस्य प्रभावित भएका छन् । सूत्रहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्, दीपिकाका बाबुआमा दुवैको सम्बन्ध बिहेमा परिणत भएको देख्न चाहन्छन् र उनीहरू चाँडै इन्गेजमन्ेट गरून् ।

केही दिनअघि मलेसियामा भएको आइफा अवार्डमा रणवीरले दीपिकालाई स्टेजमै प्रपोज गरेका थिए । यसबाट पनि उनीहरूको सम्बन्ध निकै अगाडि बढेको देखिएको छ । त्यसो त दीपिका पनि इन्गेजमेन्टका लागि तयार भएको बताइएको छ । दीपिका र रणवीर हाल ‘बाजिराव मस्तानी’ फिल्मको सुटिङमा व्यस्त छन् ।

यसअघि यो जोडीले ‘रामलीला’ फिल्ममा सँगै काम गरिसकेको छ । त्यस्तै दीपिकाको फिल्म ‘फाइन्डिङ फैनी’मा रणवीरले सानो भूमिका खेलेका थिए । बलिउडका लोकप्रिय अभिनेता रणवीर कपुरसँग लामो समय प्रेम–सम्बन्धमा रहेकी दीपिका अर्का अभिनेता रणवीर सिंहको अँगालोमा पुग्लिन् त ? केही समय कुर्नुपर्ने देखिन्छ ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *