ताजा खबर

राहत लिएर आए ज्याकी च्यान

२०७२ जेष्ठ २७ ,

नेपालका भूकम्पपीडितका लागि सहयोगको अपिल गरिरहेका हलिउड कुंग फु सुपरस्टार ज्याकी च्यान आफैं पनि राहत लिएर आएका छन् । एयर चाइनाको उडानबाट मंगलबार बिहान नेपाल आएका च्यानले दिउँसो जावलाखेलको खेलमैदानमा रहेका भूकम्पपीडितलाई राहत वितरण गरेर फर्किएका छन् । रेडक्रस नेपालको संयोजनमा नेपाल आएका च्यान रेडक्रसअंकित ज्याकेट लगाएर हातमा गुलावको फूल लिएर पीडितकोमा पुगेका थिए ।

२० मिनेटजति जावलाखेल मैदानमा बिताएका च्यानले विभिन्न राहत सामग्री रहेको बाकस वितरण गरेका थिए । सिन्ह्वाका अनुसार ती बाकसमा स्लिपिङ ब्याग, म्याट्ेरस, सरसफाइका सामान तथा अन्य अत्यावश्यक सामग्री छन् । आफ्नो नाममा च्यारिटेबल फाउन्डेसन बनाएका च्यानले चाइनिज रेडक्रस फाउन्डेसनसँग मिलेर त्यस्ता पाँच हजार बाकस नेपालका भूकम्पपीडितलाई वितरण योजना बनाएको पनि सिन्ह्वाले उल्लेख गरेको छ ।

मंगलबार च्यानसँग दुवै फाउन्डेसनका अधिकारीहरू पनि आएका थिए । च्यान मंगलबार राति चीनको ग्वाङझाओ फर्केका छन् । च्यानले एक महिनाअघि नेपालका भूकम्पपीडितका लागि एक लाख सिंगापुर डलर सहयोग गरेका थिए ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *