२०७२ जेष्ठ २५ सोमबार,
१६ बुँदे सहमतिपत्रमा हस्ताक्षर
काठमाडौं : लामो कसरतपछि संविधानमा जुटाएको सहमतिपत्र दलहरुले प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा सार्वजनिक गर्दैछन् ।
प्रमुख चार ठूला दलबीच भएको १६ बुँदे सहमतिपत्र केहीबेरमै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको हो ।
पत्रकार सम्मेलनका लागि प्रम निवास बालुवाटार अगाडिको चौरमा ठाउँ बनाइएको छ । दलहरुबीचको सहमतिबारे जानकारी लिन दर्जनौ पत्रकार बालुवाटार पुगकेा छन् ।
दलहरुले ८ वटा संघीय प्रदेश रहने गरी सोमबार राति सहमति जुटाएका हुन् । सीमांकनको जिम्मा प्रदेश सभालार्इ दिने गरी संविधानमा सहमति जुटेको हो ।
स्रोत : अन्नपुर्णपोस्ट