ताजा खबर

तिलोत्तमा गोल्डकपको उपाधि रुपन्देहीलार्इ

२०७२ जेष्ठ २५ सोमबार,

काठमाडौं : अठारौं तिलोतमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक रुपन्देहीले जितेको छ । रुपन्देहीले उपाधिसँगै ३ लाख ७५ हजार नगद पनि हात पारेको छ ।

सोमबार बुटवलको एन्फा टेक्निकल सेन्टरमा भएको फाइनल खेलमा नेपाल आर्मी क्लबलार्इ ३-१ गोलअन्तरले पराजित गर्दै उसले उपाधि घरैमा राख्न सफल भएको हो ।

खेल शुरु भएको ६ मिनेटमै टंक बस्नेतको गोलमा लिएको अग्रता जोगाउन नसक्दा आर्मीले उपाधि सुम्पन बाध्य भयो । पहिलो हाफमा लिएको १-० को अग्रता दोस्रो हाफमा जोगानउ नसक्नु आर्मीका लागि दुर्भाग्य भयो ।

रुपन्देहीका लागि खेलको दोस्रो हाफमा सुजल श्रेष्ठ र दीपक रार्इले गोल गर्दै आयोजकलार्इ उपाधि दिलाए ।

खेलको ६२ औं मिनेटमा रुपन्देहीका लागि सुजल श्रेष्ठले गोल गर्दै खेललार्इ बराबरीमा ल्याए । बराबरीपछि आक्रमक खेल पस्केको रुपन्देहीका लागि ७८ औं मिनेटमा दीपक रार्इले गोल गर्दै खेललार्इ २-१ को अवस्थामा पुर्याए ।

गोल खाएपछि अत्तालिएको आर्मीमाथि रुपन्देहीले अन्तिमसम्म दबाबमा राख्यो । खेलको अतिरिक्त समयको छैटौं मिनेटमा सुजल श्रेष्ठले अर्को गोल थप्दै रुपन्देहीको उपाधि पक्का गराए ।

स्रोत : अन्नपूर्णपोस्ट

Related posts