अमेरिकामाथि साइबर हमला

२०७२ जेष्ठ २३ ,

वासिंटन/ अमेरिकी अधिकारीले ह्याकरहरूले ४० लाख सरकारी कर्मचारीबारे जानकारी चोरेको बताएका छन् । उनीहरूले अमेरिकी सरकारी कर्मचारीबारे राखिएको कम्प्युटरमा ह्याकरले प्रवेश गरेको र सम्पूर्ण जानकारी लगेको बताएका छन् । अमेरिकी अधिकारीले यो चोरी चिनियाँ ह्याकरले गरेको हुन सक्ने आशंका गरेका छन् । तर, यसबारे स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । गत अप्रिलदेखि नै ह्याकरहरूले विभिन्न अमेरिकी विभागका कम्प्युटरमा पस्ने प्रयास गरेको अमेरिकी अधिकारीको दाबी छ । ती तथ्यांक जोडिएपछि अधिकारीहरूले वर्तमान तथा भूतपूर्व सरकारी कर्मचारीबारे जानकारी दिने तयारी गरिरहेको छ । तर, ह्याकरहरूले के सूचना लगे भन्ने उनीहरूले खुलाएका छैनन् । उता, एफबिआईले यो प्रकरणको जाँच सुरु गरिसकेको छ । अमेरिकी संसद्मा पनि यो विषय उठेको छ । संसद्मा कम्प्युटर नेटवर्कको सुरक्षामा सुधार हुनुपर्ने माग उठाइएको छ ।

स्रोत : नयापत्रिका

Related posts