२०७२ जेष्ठ २२,
जापानमा वार्षिक रूपमा आयोजना हुने नाकिजुमो महोत्सवमा बालबालिकाहरूलाई रुवाइन्छ । विगत ४ सय वर्षदेखि चल्दै आएको यो महोत्सवमा स–साना बालबालिकाहरूलाई जापानको लोकप्रिय खेल सुमोका खेलाडीहरूलाई बोक्न लगाइन्छ । भीमकाय शरीर भएका व्यक्तिहरूले बोक्नेबित्तिकै बालबालिकाहरू आत्तिएर रुन थाल्छन् । यसरी रुँदा उनीहरूको स्वास्थ्य राम्रो हुने विश्वास गरिन्छ । जापानीहरूले अहिले यो महोत्सवलाई खेलकुद प्रतियोगिताका रूपमा विकास गरेका छन् । यसपटक १ सयभन्दा बढी शिशु उक्त प्रतियोगितामा सहभागी भएका थिए, जसमा पहिले जुन शिशु रोयो उसैलाई पुरस्कृत गरिएको थियो ।
स्रोत : साप्ताहिक