ताजा खबर

बलिउड

२०७२ जेष्ठ

आलियाकी आमाको स्पष्टोक्ति

योङ एवं भर्साटाइल अभिनेत्री आलिया भट्ट नायक सिद्धार्थ मल्होत्राका साथमा रोमान्समा रमाइरहेको कुराले पछिल्लो समय खुबै चर्चा पाएको छ । कतिसम्म भने सफल चलचित्र दिइरहेकी नायिकाको चलचित्रसम्बन्धी समाचारले भन्दा सिद्धार्थका साथमा जोडिएका खबरले बढी प्राथमिकता पाइरहेका छन् । हालका दिनमा सिद्धार्थ अधिकतम समय आलियाको घरमा बिताउँछन्, यहाँसम्म कि उनीहरू लिभ इन रिलेसनसिपमा छन् भन्ने कुरा बारम्बार मिडियामा आइरहेको छ । एक हेयर केयर प्रोडक्टको लन्चका क्रममा आलियालाई देख्नेबित्तिकै पत्रकारहरूले उनीतर्फ प्रश्न सोझ्याइहाले । आमा सोनी राजदानका साथमा आएकी आलियाले पत्रकारको प्रश्नको जवाफ दिनै परेन् । आमा सोनी बोलिन्– ‘म यी सबै प्रकारका अफवाहको खण्डन गर्न चाहन्छु, सिद्धार्थ हाम्रो घर आउँछन् र पूरा रात बिताउँछन् भन्ने कुरा गलत हो ।’ सिद्धार्थ घरमा आउनु नयाँ कुरा नभएको बताउँदै आमा सोनीले नाइट स्टेको कुरा ठाडै अस्वीकार गरिन् ।

विद्याको गुनासो

‘म बुद्ध त होइन नि, मलाई पनि दु:ख लाग्छ, रिस उठ्छ,’ नायिका विद्या वालनले एक अन्तर्वार्तामा भनेकी छिन्– ‘हिजोआज वातावरण नै नेगेटिभिटी छ, राम्रो कुराको सराहना गर्नुको सट्टा मानिसहरू कसरी हुन्छ, त्यसको नकारात्मक पक्ष खोज्दै नराम्रो मात्र कुरा गर्छन्— मलाई दिक्क लाग्छ ।’ विद्या अभिनीत तीन चलचित्र घनचक्कर, बबी जासुस र सादी के साइड इफेक्ट्स सुपर फ्लप भएपछि विद्याको तनाव बढेको छ, त्यसमाथि आगोमा घिउ थप्ने काम गर्दै गलत अफवाहहरू सोसल मिडियामा छाउन थालेपछि विद्या थप आक्रोशित भएकी हुन् । विद्याले प्रदर्शोन्मुख चलचित्र हमारी अधुरी कहानी हिट हुने विश्वास लिएकी छिन् । यसले बक्स अफिसमा दमदार व्यापार गरेन भने यी नायिकाको पारो अझ बढ्ने पक्का छ । मानिसहरू हामीप्रति सम्मानजनक व्यवहार गर्दैनन् । युवतीहरूको मूल्यांकन शरीरका आधारमा गरिन्छ । सुरुवातमा मेरो फिगरलाई लिएर आउने प्रतिक्रियाले दु:ख लाग्थ्यो, पछि त्यसले मलाई कुनै फरक पर्न छोड्यो, विद्याले भनेकी छिन्– पछि निजी जिन्दगी, प्रेगनेन्सी तथा सम्बन्धहरूका विषयमा अफवाह फैलाउने समाचारले मलाई चिन्तित बनाउन थाले, मैले रिसलाई नियन्त्रणमा राख्न सकिनँ र बोलें, त्यसपछि भने पीडा हल्का भएको छ ।’

शक्तिशाली टेलर स्विफ्ट

लोकप्रिय गायिका टेलर स्विफ्टलाई यो वर्ष प्रतिष्ठित म्यागेजिन फोब्र्सले शक्तिशाली महिलाको सूचीमा सामेल गरेको छ । पहिलो पटकमै टेलर सूचीको ६५ औं नम्बरमा अटाउन सफल भएकी हुन् । यो टेलरका निम्ति ठूलो उपलब्धि हो, किनभने उनी संसारका १ सय शक्तिशाली महिलाभित्र सामेल भएकी छिन् । रोचक कुरा, पछिल्ला ६ वर्षयता चुनिएका महिलामध्येमा उनी सबैभन्दा युवा हुन् । गत वर्ष टेलरले गरेको महत्त्वपूर्ण बिजनेस डिसिजन्सलाई मध्यनजर गर्दै फोब्र्सले उनलाई यो सूचीमा राखेको हो । म्यागेजिनले टेलरको उक्त निर्णयलाई साहसिक मानेको छ । पछिल्ला दिनमा टेलरले आफ्नो सम्पूर्ण म्युजिकलाई अनलाइन प्लेटफर्मबाट हटाउने निर्णय लिएकी थिइन् । सातपटक ग्रेमी एवार्ड जितिसकेकी टेलरका ४ करोड एल्बम बिक्री भैसकेका छन् । सोसल मिडियामा पनि अत्यधिक लोकप्रिय टेलरका करिब ६ करोड फलोअर्स छन् ।

दीपिका भर्सेज कंगना

बलिउडमा नायिकाहरूबीच खटपट हुनु सामान्य मानिन्छ । इगोका कारण गजबको मित्रता भएका नायिकाहरू पनि एक–अर्काविरुद्ध कटाक्ष गर्न पछि पर्दैनन् । केही समयअघि प्रियंका चोपडा र कंगना रणावतबीचको समस्या आमरूपमै छताछुल्ल भएको थियो । अहिले फेरि नायिका दीपिका पादुकोण र कंगनाबीचको मित्रता अन्त्य भएको बताइँदैछ । यी दुई नायिकाबीच गर्मागर्मी बहसपश्चात् मित्रता अंकुरित भएको थियो । चलचित्र ‘पिकु’ को रिलिजपूर्व दीपिकाद्वारा राखिएको स्क्रिनिङमा कंगना रणावत आएकी थिइन् । यस्तै सक्सेस पार्टीमा पनि उनी आइन्, तर लामो समय नबित्दै उनीहरूबीचको सम्बन्ध बिग्रियो । त्यसको कारण थियो, तन्नु वेड्स मनु रिटन्र्सको स्क्रीनिङमा दीपिका आउन नसक्नु । सुटिङका कारण दीपिका आउन नसक्नु नै कंगनाले मन दुखाउने विषय बन्यो । यी दुईको कटुतापूर्ण सम्बन्ध तनु वेड्स मनु रिटन्र्सको सक्सेस पार्टीमा देखियो । उक्त पार्टी चलचित्रकी निर्मात्री कृष्का लुल्लाले दिएकी थिइन्, जो दीपिकाको बाजिराव मस्तानीकी प्रोड्युसर पनि हुन् । सक्सेस पार्टीमा कंगनाले नभै कृष्काले दीपिकालाई बोलाएकी थिइन् । जब पार्टीमा दीपिका देखिइन्, कंगना तत्कालै त्यहाँबाट बाहिरिइन् । उनले दीपिकालाई हेल्लोसमेत नभन्नुले उनीहरूको सम्बन्ध बिग्रिएको कुरालाई नै संकेत गरेको बलिउड मिडियाहरूको दाबी छ ।

स्रोत : साप्ताहिक

Related posts