ताजा खबर

अमेरिकी हेलिकप्टर दुर्घटनामा पाँच गैरसैनिक परेको पुष्टि

शुक्रबार २२ जेष्ठ, २०७२,

काठमाडौं-भूकम्प पीडितको उद्धारमा जाँदा बैशाख २९ गते दुर्घटना भएको अमेरिकी यू एच १ वाई हुवे हेलिकोप्टरमा थप पाँच जना नेपाली रहेको पुष्टी भएको छ। डिएनए परीक्षण पछि पाँच जना गैर सैनिकको दुर्घटनामा मृत्यु पुष्टि भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
मृत्यु हुनेमा दोलखा लादुक ७ का ध्रुव कट्वाल, लोक बहादुर कट्वाल, शिव खत्री, यम बहादुर खत्री र लामिडांडा गा.बि.स.की साबित्री सिवाकोटी गरि रहेका छन्। उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या अब १३ पुगेको छ। यस अघि नेपाली सेनाका दुइ जना र अमेरिकी ६ जनाको मृत्यु भएको जनाइएको थियो।
दुर्घटनाग्रस्त क्षेत्रमा फेला परेको मानव अस्थिपन्जरको भागहरु लगायत घटनास्थलबाट प्राप्त बिभिन्न प्रमाणहरुको नेपाली सेना तथा अमेरिकी बिशेषज्ञ टोलीले संयुक्त रुपमा अनुसन्धान गरीएको थियो।
दुर्घटनाग्रस्त हेलिकोप्टर जेष्ठ १ गते सिन्धुपाल्चोक र दोलखा जिल्लाको सिमानामा पर्ने कालिन्चोक डाँडाको उत्तरपूर्वी दिशातर्फ करिव ११,२०० फिटको उचाईमा फेला परेको थियो।

स्रोत : नागरिक

Related posts