ताजा खबर

पेस्तोल सहित गुन्डा समातिए पछि बारपाकमा तनाव

२०७२ जेष्ठ २२ शुक्रबार,

गोरखा : प्रहरीको खोजीको सूचीमा रहेका एक गुन्डा हतियार सहित समातिए पछि गोरखाको बारपाक बजार तनावग्रस्त भएको छ ।गुण्डागर्दीमा संलग्न युवा धनबहादुर गुरुङ (बाघे) लाई दुईवटा पेस्तोल सहित पक्राउ शुक्रबार पक्राउ गरेपछि स्थानीय युवाको समूहले प्रहरी चौकी तथा नेपाली सेना र सशस्त्र प्रहरीका बेसमा घेराउ गर्दा बारपाक बजार तनावग्रस्त भएको हो ।

स्थानीयबासीलाई कुटपिट र सरकारी कार्यालयको ठेक्कापट्टामा अवरोध गरी निर्माण व्यवसायीलाई धम्की दिएको अभियोगमा प्रहरीले बाघेलाई यसअघिबाटै खोजी गरिरहेको थियो ।

पेस्तोलसहित पक्राउ परेका बाघे प्रहरी नियन्त्रणबाटै हतकडीसहित भाग्न सफल भएका छन् । युवाहरुले तीनवटै सुरक्षानिकायका स्थानीय कार्यालयमा घेरेपछि स्थितिलाई निन्त्रणमा लिन थप सुरक्षाकर्मी बारपाक पठाइएको गोरखाका प्रहरी प्रमुख डिएसपी अर्जुन चन्दले अन्नपूर्ण पोस्ट्लाई बताए ।

स्थानीय युवाहरुले बाघेलाई किन पक्रेको भन्दै नाराबाजी गरी सुरक्षानिकायका कार्यालयमा घेरेपछि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय जौबारी र बालुवास्थित सशस्त्रको क्याम्पबाट सुरक्षाकर्मी पठाइएको चन्दले जानकारी दिए ।

युवाहरुको समूहले प्रहरी सवार भवन डिभिजन कार्यालयको सरकारी गाडीमा समेत तोडफोड गरेका छन् ।

स्रोत :अन्नपुर्णपोस्ट

Related posts