दिननाथ बराल
पोखरा, २२ जेठ
कास्कीको लेखनाथमा रहेको एक उद्योगमा सकेट बम भेटिएको छ । लेखनाथ–१ मुसेटुडा स्थित कार्य सिद्धि बिनायक निमार्ण सामाग्रि उद्योगमा विहिबार साँझ १४ वटा वम बोरामा भेटिएको प्रहरीले जनाएको छ ।
बम भेटिएको स्थानमा प्रहरीले आफ्नो निघरानीमा राखेको छ । लेखनाथ–१ स्थित बगारी खोलाबाट टिप्परमा हालेर ल्याएको बालुवामा बम भेटिएको हो । बालुवा ल्याएर झार्ने बेलामा बोरामा प्यास्टीकले बेरेर राखेको अवस्थामा बम भेटिएको डाँडाकोनाक प्रहरी चौकीका प्रहरी निरिक्षक हरी बहादुर बस्नेतले बताए । उनका अनुसार उक्त वम खिया लागेको अबस्थामा भेटिएकोले द्वन्द्धकालको हुन सक्ने उनले बताए ।
भेटिएको बम सुक्रबार नै डिस्पोज गर्न नेपाल आर्मीले तयारी गरेको छ । बम डिस्पोज गर्न पोखरा एयरपोर्टस्थित नेपाली सेनाको कालि भञ्ज्याङ्ग गणबाट बम डिस्पोजल टोली जार्दै छ ।