ताजा खबर

एनसेलको राउटर र डंगोल

बिहीबार २१ जेष्ठ, २०७२:
देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले भुकम्प पश्चातको राहत र पुनर्निर्माण कार्यलाई सघाउन दु्रत गतिको इन्टरनेट सेवा प्रदान गर्ने वायरलेस राउटर तथा डङगोल उपलब्ध गराएको छ ।
साथै यस विषम परिस्थितिमा ग्राहकको संचार सहज बनाउन प्रत्येक डिभाईसमा ५०० एम बी डेटा पनि बोनस स्वरुप प्रदान गरिरहेको छ । वायरलेस राउटर तथा डङगोल सबै एनसेल सेन्टर, एनसेल शप तथा  आधिकारीक बिक्रि केन्द्रहरुमा उपलब्ध छन् ।
एनसेलले उपलब्ध गराइरहेको यी इन्टरनेट डिभाइसहरुले २१.६ एम बी पि एस को डाउनलोड स्पिड तथा ५.७६ एम बी पि एस को अपलोड स्पिडका साथ इन्टरनेट चलाउन सकिन्छ । वायरलेस राउटरले एकै पटकमा १० जना सम्मलाई ईन्टरनेट चलाउन सघाउँछ । साथै यसमा ६ घण्टासम्मको ब्याट्रि ब्याकअप रहेको छ । यी उपकरणहरु विन्डोज र आइ ओ एस अपरेटिङ सिस्टममा चलाउन सकिन्छ र ईन्टरनेटको गति सो ठाउँमा उपलब्ध डेटा स्पिड तथा वाह्य वातावरणमा भर पर्नेछ ।
“प्राकृतिक विपत पश्चातको परिस्थितिमा ईन्टरनेटको उपलब्धताले राहत तथा पुनर्निर्माण कार्यलाई गति दिन महत्वपूर्ण योगदान गर्ने विभिन्न मुलुकका अनुभवले देखाएको छ । त्यसैले विद्यमान परिस्थिति तथा ग्राहकको डेटा मागलाई हृदयंगम गर्दै हामीले यी द्रुत गतिको डेटा उपकरणहरु उपलब्ध गराएका हौं । यसले हाम्रा ग्राहकलाई आफ्ना प्रियजन, व्यवसाय तथा सहयोगी संस्थाहरुसँग सम्पर्कमा रहन सहज बनाउने विश्वास छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
डङगोल रु २६९९ (कर सहित) मा र वायरलेस राउटर रु ५३९९ (कर सहित) मा उपलब्ध रहेको छ । एनसेलको डेटा सिम प्रयोग गरिरहेका ग्राहकले बोनस वापत प्राप्त हुने ५०० एम बी डेटा एनसेल सेन्टरबाट आफ्नै विद्यमान नम्बरमा पनि प्राप्त गर्न सक्छन् ।
स्रोत :नागरिक

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *