ताजा खबर

सरकारी निकायबाट भत्काउन नसके नेकपा माओबादीले भत्काउने

दिननाथ बराल

पोखरा २१, जेठ

सरकारी निकायबाट मापदण्ड विपरितका भौतिक संरचना भत्काउन नसके नेकपा माओबादीले भत्काउने चेतावनी दिएको छ । पोखरा उपत्यका भित्र ३५ फिट भन्दा उचाईका घर तथा भवनहरु बनाउन नपाईने सरकारी नियम हुदा हुदै उक्त नियम विपरित निमार्ण भएका भौतिक संरचनाहरु सरोकारवाला निकायले तत्काल नभत्काय आफुहरुको नेतृत्वमा भत्काउने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेकपा माओबादी कास्कीका ईन्चार्ज सावित्रि दुराले चेतावनी दिएकी हुन ।

उनले भनीन “एक चरण हामीले नियम पालना गराउने सरकारी निकायहरुसंग अवैधरुपमा निमार्ण भएका भौतिक संरचना भत्काउन आग्रह गर्दै ज्ञापन पत्र दिने छौं, दोश्रो चरणमा नियम पालना गर्न दवाद दिने छौं तर यदी गर्दा पनि नियम पालना गराउन नसके हाम्रो नेतृत्वमा जनताले मापदण्ड विपरित निमार्ण भएका भौतिक संरचना भत्काउने छन ।” भूकम्पबाट हुने क्षतिलाई न्युनिकरण गर्न पनि भूकम्प प्रतिरोधात्मक घर तथा भवन निमार्ण गर्न आग्रह गर्दै उनले मापदण्ड विपरित निमार्ण भएका भौतिक संरचनाले छिमेकीहरुलाई समेत त्रास छायको जनगुनासो आएकोले तत्काल मापदण्ड विपरित निमार्ण भएका भौतिक संरचना भत्काउन सरोकार निकाय समक्ष आग्रह गरेकी हुन ।

पोखरा उपत्यका नगर विकास समिति र पोखरा उपमहानगरपालीका कार्यालयले स्वामित्वमा रहेका जमिन व्यावसायिक हिसावले भवन नवनाई सार्वजनिक पार्क बनाई भूकम्प तथा प्राकृतिक प्रकोपबाट बच्न सक्ने खुल्ला स्थानको रुपमा विकास गर्न नेकपा माओबादीले जोडदार माग गरेको छ । पार्टीद्धारा प्रेसित विज्ञेप्तिमा फेवातालको निर्धारित ६५ मिटरको मापदण्ड कायम गरी स्थायी तथा अस्थायी संरचना तत्काल हटाउन माग गरीएको छ, नगरपालीकाले तोकेको उचाई भन्दा बढी उचाईका भवन तथा संरचना तत्काल भत्काउन माग गरेको छ भने मनपरी सटर भाडा र पुर्व भुक्तानी (एडान्स) को नाममा ग्राहकलाई ठग्न नपाउने व्याबस्था गरीयोस र कोठा, घर, होटल तथा सटर भाडको निश्चित मापदण्ड बनाउन माग गरेको छ । त्यसै गरी सुरुमा कायम गरीको २ सय ५ रोपनि  क्षेत्रफलमै बसपार्क निमार्ण गर्न माग गर्दै सुकुम्बासीलाई नगरपालिका भित्रै व्याबस्थापन गर्न माग गरेको छ, बैंक, विक्तिय तथा सहकारी संस्थाले जनतालाई लिने सेवा शुल्कः तथा जरीवानाको रुपमा गरीएको ठगि बन्द गर्न माग गरेको छ भने सार्वजनिक जग्गाको अतिक्रमण रोकि, पहुँच र सक्ताको आडमा खडा गरीएका संरचनाहरु तुरुन्त हटाउन माग गरीएको छ । नेकपा माओबादीका नेता भिमलाल पराजुलीले नियम पालना गराउने सरकारी निकायका उच्च पदका व्यक्तिहरुबाटै नियम उल्लङघन भएको दाबी गरे । कानुनी पालना गराउने ठाँउमा बसेर आफैले कानुनको खिल्ली उडाएको बताउदै उनले भने “यस्ता कर्मचारीहरु माथि राज्य र जनताले अब कार्रवाही गर्नु पर्छ । ”

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *