ताजा खबर

‘सेल्फी ले ले रे’ एक दिन पहिले रिलिज

बुधबार २० जेष्ठ, २०७२,

मुम्बई-सलमान खानका फिल्मलाई दर्शकले माया गर्दै आएका छन्। दर्शकको मायाकै कारण उनको नयाँ फिल्म ‘बजरंगी भाइजान’ को ‘सेल्फी ले ले रे’ गीत एक दिन पहिलेनै रिलिज गर्न परेको छ। यो गीत जुन ४ मा रिलिज गर्ने भनिएको थियो।
सलमान खानले मंगलबार नै ‘सेल्फी कन्टेस्ट’ को घोषणा गरेका थिए। जसमा ३८ सय जना सहभागी थिए। कन्टेस्टमा बढेको भिड र समर्थकको मागका कारण गीत एक दिन पहिलेनै रिलिज गर्ने घोषणा गरिएको थियो।
गीतको सुरुवात ‘जय जय बजरंग बली, तोड दे दुश्मनकी नली’ बाट हुन्छ। गीत पुरै आक्रमक रहेको छ। फिल्ममा सलमानका साथ करिना कपुर मूख्य भूमिकामा छन्। फिल्म इदको अवसरमा रिलिज हुनेछ।

स्रोत : नागरिक

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *