ताजा खबर

ट्विटरमा अमिताभका फलोअर्स १ करोड ५० लाख

बुधबार २० जेष्ठ, २०७२,

मुम्बई–बलिउड महानायक अमिताभ बच्चनले सोशल नेकवर्किंङ साइट ट्विटरमा पनि आफ्नो सफलता कायम गरेका छन् । अमिताभको टिव्टरमा फलेअर्सको संख्या १ करोड पचास लाख पुगेको छ । अमिताभ ट्विटरमा सबैभन्दा बढी फलोअर्स भएका बलिउडका पहिलो स्टार भएका छन्।
फलोअर्सको दौडमा बिग बीले १ करोड ३३ लाख फलोअर्स भएका शाहरुख खान, १ करोड २९ लाख फलोअर्स भएका अमिर खान र ९८ लाख १ हजार फलोअर्स भएकी प्रियंका चोपडालाई पछाडि छोडेका छन् ।

ट्विरट चलाउन थालेको अमिताभ बच्चनले पाँच वर्ष भएको उनले २०१० मा उनले ट्विटर अकाउन्ट खोलेका थिए। अहिलेसम्म चालिस हजार भन्दा बढी ट्विट गरिसकेका छन् । उनको फलोअर्सको सूचिमा बलिउडका कतिपय हस्तपनि सामेल छन् । यो उपलब्धिमा अमिताभले आफ्ना प्रशंषकलाई धन्यवादा दिएका छन्।

स्रोत : नागरिक

Related posts