ताजा खबर

फिफा पूर्व उपाध्यक्ष सहित ६ विरुद्ध रेडकर्नर नोटिस

बुधबार २० जेष्ठ, २०७२
न्यूयोर्क-इन्टरपोलले भ्रष्ट्राचार आरोपमा विश्व फुटवलको अन्तराष्ट्रिय संस्था फिफाका ६ जना विरुद्ध रेड कर्नर नोटिस जारी गरेको छ। फिफाका ४ कर्पोरेट एक्जुकेटिभ र पूर्व फिफा अधिकारीका विरुद्ध नोटिस जारी भएको हो। ६ जना मध्ये संस्थाका पूर्व उपाध्यक्ष ज्याक वार्नर समेत छन्।
अमेरिकी सञ्चारमाध्यमका अनुसार अमेरिकी अधिकारीले फिफाको भ्रष्टाचारबारे जसको जाँच गरिरहेका छन् त्यसमा फिफा अध्यक्ष सेप ब्लाटरको समेत नाम रहेको छ। यो खवर ब्लाटरले पदबाट राजीनामा दिएको केही घण्टामा बाहिर आएको थियो।
बुधबार इन्टरपोलले नोटिस जारी गरेका ६ जनाको नाम अघिल्लो हप्ता अमेरिकी न्याय विभागको आरोपपत्रमा समेत थियो। अमेरिकी अधिकारीले अघिल्लो हप्ता ७ फिफा अधिकारीलाई स्विजरल्यान्डमा गिरफ्तार गरेका थिए। यो गिरफ्तारीको दुई दिन पछि सेप ब्लाटर पुन फिफा अध्यक्षमा निर्वाचित भएका थिए भने निर्वाचित भएको पाँच दिन पछि राजीनामा दिएका थिए।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *