ललितपुर, जेठ २० गते
फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालले भूकम्पपीडितलाई राहत सामग्री वितरण गरेको छ । विगत दुई दशकदेखि विपद् व्यवस्थापनका क्षेत्रमा क्रियाशील सो संस्थाको पहलमा पीडितलाई डानचर्च एड नेपाल, वल्र्ड जेविस रिलिफ युकेको सहयोगमा जिल्लाका विभिन्न क्षेत्रमा राहत सामग्री वितरण गरेको संस्थाका अध्यक्ष सूर्यबहादुर थापाले बताउनुभयो ।
झरुवारासी, इकुडोल, विशङ्खुनारायण, दलचोकी, शङ्खु, ठूलादुर्लुङ र चापागाउँ गाविसमा रहेका पीडित प्रतिपरिवारलाई ३० केजी चामल, दुई केजी दाल, एक÷एक केजी चिनी, नुन र चना एवम् एक लिटर खाने तेल वितरण गरिएको उहाँले बताउनुभयो ।
राहत सामग्री वितरणसँगै उक्त संस्थाले मनोसामाजिक विमर्श सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म करिब एक हजार जनालाई सो सेवा दिइसकेको जनाइएको छ ।
यसैगरी उक्त संस्थाले भूकम्पबाट अति प्रभावित क्षेत्रमा रहेका एक÷एक जना ज्येष्ठ नागरिकलाई हेल्पेज इन्टरनेसनल नेपालको सहयोगमा नगद सहयोग गर्ने तयारीसमेत गरेको उहाँले बताउनुभयो ।
स्रोत :गोर्खापत्र