ताजा खबर

भारतमा सम्मानित भए मोडर्न ईरा टुर्स एण्ड ट्राभल्सका अध्यक्ष अधिकारी

दिननाथ बराल

पोखरा २०, जेठ

मोडर्न  इरा टुर्स एण्ड ट्राभल्र्सका अध्यक्ष केशवराज अधिकारी मित्रराष्ट्र भारतमा सम्मानित भएका छन । यातयात क्षेत्रबाट नेपाल र भारतको सम्वन्ध सुमधुरपार्दै पर्यटन प्रवद्र्धनमा टेवा पुराएको भन्दै नेपाल पत्रकार महासंघ शाखा भारतले समितिका अध्यक्ष अधिकारीलाई एक समारोहका विच हालै भारतको नयाँदिल्लीमा सम्मान गरेको हो ।

भारत स्थित नेपाली राजदुत दिपकुमार उपाध्याय, भारतका पुर्वसभासद डिबी त्रिपाठी, महासंघ शाखा भारतका अध्यक्ष लोकेस साहले समितिका अध्यक्ष अधिकारीलाई सम्मान पत्रको साथमा यस बर्षको गरीमा अवार्डबाट सम्मान गरेका हुन । मोडन ईराले विगत ८ बर्ष देखि पोखरादेखि भारतको नयाँदिल्ली सम्मको सिधा वस सेवा संचालन गर्दैै आएको छ । ३ वटा वसबाट सेवा सुरु गरेको मोडन इराले हाल १८ वटा गाडीहरुबाट सेवा दिदै आएको छ । आईतबार, सोमबार र बुधबार दैनिक दुई वटा वस अन्य दिनमा भने दैनिक एउटा वस पोखरा दिल्लीको लागि जाने तथा दिल्लीबाट पोखरा आउने गरेको मोडन इरा टुर्स एण्ड ट्राभल्सका कार्यालय प्रमुख टिकाराम भण्डारीले बताए ।

उक्त अवसरमा चरित्र अभिनेता निर साह, एभरेष्ट बैंकका विकेस श्रेष्ठ, भारतका पुर्व सभासद डिवी त्रिपाठीलाई गरीमा अवार्डको साथमा सम्मान गरीएको थियो । नेपाल र भारतलाई उल्लेखनिय रुपमा सहयोग पुराउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरीएको महासंघ शाखा भारतका अध्यक्ष लोकेस साहले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिता विन्दु समेत सहभागि भएकी थिईन ।

Related posts