ताजा खबर

सेतीनदी किनाराको बस्ती उच्च जोखिममा

दिननाथ बराल

पोखरा २०, जेठ:

सेतीनदी किनाराका बस्ती तत्काल सार्न विज्ञहरुले सुझाव दिएका छन । पोखराको भुधरातल कमजोर भएको र वैशाख १२ गते आएको भूकम्पका् कम्पनले गर्दा थप जोखिम बढेकोले सेतीनदी किनाराका बस्ती आउदो वर्खायाममा पहिरो जाने सम्भावना भएकोले सेतीनदीका वस्ती हटाउन विज्ञहरुले सुझाव दिएका हुन । सेतीनदी गंगा तथा व्याबस्थापन समिति कास्कीले बुधबार पोखरामा आयोजना गरेको सेतीगंगा संरक्षण र विकास अन्तरकृया कार्यक्रममा बोल्दै विज्ञहरुले उक्त सुझाव दिएका हुन । पोखराको विच भाग भएर बग्ने गरेको सेतीनदीको किनारा क्षेत्रमा तोकिएको मापदण्डलाई स्थानीय निकायले कडाईका साथ लागु गर्न विज्ञहरुले माग गरे ।

स्थानीय निकायले सेतीनदी किनारामा तोकिएको मापदण्ड लागु गर्न नसक्दा करीब ५ सय घर परिवार उच्च जोखिममा परेको उनीहरु बताउछन । भुगोलविद तथा प्राध्यापक डा द्धय कृष्ण केसी र विश्व श्रेष्ठले सेतीनदी किनारामा स्थानीय निकायले पछिल्लो क्रममा तोकेको नदी किनाराको ५ मिटर क्षेत्र छाडेर घर बनाउनु पर्ने मापदण्ड नै पालना गराउन नसक्दा ५ सय घर परिवार नदीको उच्च जोखिममा परेको दाबी गरेका हुन । भुगोलविद प्रा.डा. केसीले भूसंरचनालाई मानवले परिर्वतन गराउन नसकिने बताउदै पुर्व सर्तकता पहिलो आवश्यकता भएको बताए । उनले भने “विपदको घटनालाई रोक्न सकिदैन, तर क्षति न्युनिकरण गर्न सकिन्छ । ” सेतीनदी किनारामा ५० मिटर मापदण्ड लागु हुनु पर्नेमा ५ मिटर भएकोले पनि त्यो मापदण्ड पनि लागु नभएकोले मानवले जानी जानी उच्च जोखिम मोलेको उनले दाबी गरे । राज्यले जोखिम क्षेत्रमा बस्न दिन नुहने बताउदै उनले सुकुम्बासी बस्ती भएका ठाँउहरुलाई व्याबस्थापन समेत गर्न भुगोलविद केसीले आग्रह गरे । नदीकिनारा छेउबाटै विम उठार घर निमार्ण गर्दा समेत स्थानीय निकाय मौन भएकोमा उनले दुखः व्यक्त गरे ।

अर्को भुगोलविद विश्व श्रेष्ठले पोखराको २८ वटा वडा मध्य १४ वटा वडामा सेतीनदीले प्रत्यक्ष प्रभाव पार्न सक्ने बताए । सेतीनदी किनारामा घर तथा भवनहरु बनाउदा प्राविधिकहरुको सहयोग लियर बनाउन उनले आग्रह गरे । सेतीनदीमा करीब ९ हजार खोला मिसिन गएको सेनीनदीको पानी सुद्ध हुने भएको बताउदै उनले पोखरा क्षेत्रबाट जथाभावी फोहोर मैला मिसाउनाले दुषित भएको दाबी गरे । स्थानीय निकाय पोखरा उपत्यका नगरविकास समिति, पोखरा उपमहानगरपालीका कार्यालयले सेतीनदी किनारामा उचित मापदण्ड छाडेर घर बनाउने नियम लागु गर्न नसक्दा स्थानीयले नदी किनाराबाटै पक्की घर तथा भवन एवं कच्ची घरहरु बनाउदै आएका छन ।

कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले सेतीनदी किनाराको बिषयमा आफुहरुले नहेर्ने भएको बताउदै सेतीनदीको रामघाट बचाउनको लागि यस बर्ष १३ लाख मुल्य बराबरको पुर्वपट्टी चेक ड्याम गर्दै गरेको बताए । उनका अनुसार मजदुर तथा जल उत्पन्न प्रकोपबाट २७÷२७ लाख मुल्य बराबरको रामघाट क्षेत्रको पुर्वतर्फको भागमा चेक ड्याम हुने भएको छ । जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला ईन्जीनियर नारायण श्रेष्ठले सेतीनदीका घाटहरुमा जम्मा भएको प्राकृतिक श्रोतसाधनहरु रिचार्ज भएकोलाई मात्र प्रयोग गरी उत्खनन गर्दा एउटा मापदण्ड कडाईका साथ लागु गर्नुपर्ने समय आएको बताए ।

सामान्यतया नदी किनारामा एक सय मिटर परिपरी घर तथा भवन बनाउन नदीने प्रचलन छ तर पोखरामा २०५६ सालमा सेतीनदी किनारा वरिपरी ५० मिटर र २०६१ सालमा ५ मिटर छाड्नु पर्ने नियम भए पनि हाल उक्त नियम पालना नगरेको सेतीगंगा तथा व्याबस्थापन समिति पोखराका अध्यक्ष विश्वप्रकाश लामिछानेले बताए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *