ताजा खबर

कक्षाको १२ को परीक्षा शुरु, शिक्षा सचिवद्वारा निरीक्षण

दिननाथ बराल
पोखरा, २० जेठ ।
उच्च माध्यमिक शिक्षा परिषद्ले जेठ २० गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा संचालन गरेको छ ।
भुकम्पका कारण एकमहिना ढिलो गरी शुरु भएको परीक्षा यही जेठ ३१ गतेसम्म संचालन हुनेछ भने त्यस लगत्तै असार १ गतेदेखि १२ गतेसम्म ११ कक्षाको परीक्षा तालिका सार्वजनिक भैसकेको छ ।
शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डित नेतृत्वको टोलीले आज पोखराको तालबाराही उच्च मावि, जनप्रिय उच्च मावि लगायतका विद्यालय केन्द्र रहेको परीक्षाको अवलोकन तथा निरीक्षण गरेको छ ।
परीक्षा समग्रमा मर्यादित र शान्तिपूर्ण रुपमा संचालन भएको सचिव पण्डितले जानकारी दिनुभयो ।
सो अवसरमा उच्च माध्यमिक शिक्षा परिषद् सम्बन्धन महाशाखा प्रमुख गोविन्दराज खनिया, परिषद्का पोखरा कार्यालय प्रमुख अशोक न्यौपाने, अभिभावक संघका केन्द्रीय सदस्य एवं कास्की अध्यक्ष हेमराज बराल, हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त, परिषद्का शाखा अधिकृत किरण पण्डित लगायतका व्यक्तिहरुले परीक्षाको अनुगमन गर्नुभएको थियो ।
पश्चिमाञ्चलमा गोरखा जिल्ला तथा लमजुङ्गका विद्यार्थीको गोरखा केन्द्र भएका ३ वटा परीक्षा केन्द्रको परीक्षा पछि संचालन हुने उच्च माध्यमिक शिक्षा परिषद् पोखराका प्रमुख अशोक न्यौपानेले बताउनुभयो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *