ताजा खबर

व्यावसायिक तरकारी खेती विस्तार

म्याग्दी, जेठ २० गते

म्याग्दीका दुर्गम तथा उच्च पहाडी बस्तीमा तरकारीखेती विस्तार हुन थालेको छ ।  मुना, लुलाङ, गुर्जा र मुदी गाविसका कृषकले व्यावसायिक तरकारीखेती विस्तार गरेका हुन् । ज्ञान, सीप र प्रविधि पाएपछि यहाँका कृषकले केही वर्षयता मौसमी तथा बेमौसमी तरकारीखेती गरेर यथेष्ट आम्दानी गर्दै आएका छन् । टनेल प्रविधिमार्फत गोलभँेडा, बन्दागोभी, काउली, ब्रोकाउली, गाजरलगायतका तरकारीखेती गरिँदै आएको छ ।

एक वर्षअघि प्लास्टिकको टनेलमा तरकारीखेती सुरु गरेकी लुलाङ– ५ लमसुङका गौसरा बिकले प्लास्टिक घरमा अनुकुल तापक्रम र वातावरण मिल्ने हुँदा तरकारीखेती गर्दै आएको बताउनुभयो । टनेल प्रविधि नहुदाँसम्म सो क्षेत्रमा व्यावसायिक तरकारीखेती हुन सकेको थिएन् । स्थानीयवासीले गाउँघरमा ताजा तरकारीको उपभोग गर्ने अवसर पाएका छन् भने कृषकका लागि आम्दानीको स्रोत बढेको बिकले बताउनुभयो ।

यसैगरी मुनामा सामूहिक तरकारीखेती गरेको एकीकृत कृषि आमा समूहले रु १० हजार बचत गर्न सफल भएको छ । तेह्रजना सदस्य मिलेर गोलभँेडा, बन्दागोभी र काउलीखेती गरेको समूहकी सदस्य रामदेवी पुनले बताउनुभयो । उक्त समूहको नेतृत्वमा सिलाजीखोप सिंँचाइ योजना समेत निर्माण भएको छ ।

तरकारीखेती विस्तारका लागि कृषि विकास कार्यालय र असल छिमेकी नेपालद्वारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाले कृषकलाई प्रोत्साहन गरेका छन् । कृषकलाई तालिम, टनेल, बीउ र परामर्श दिने गरिएको परियोजनाका प्राविधिक प्रताप बोहोराले जानकारी दिनुभयो ।

स्रोत :गोरखापत्र

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *