ताजा खबर

भारती कला केन्द्रद्धारा राहतसामग्री वितरण

काठमाडौँ,जेष्ठ २०

 भारती कला प्रवद्र्धन केन्द्रले काभ्रे जिल्ला उग्रचण्डी नाला–९ का भूकम्प पीडित ७५ घर परिवारलाई राहतसामग्री वितरण गरेको छ ।

केन्द्रकी संरक्षिका गायिका भारती उपाध्यायले भूकम्प पीडितलाई त्रिपाल, लत्ताकपडा, खाद्यान्नलगायत सामग्री वितरण गर्नुभएको थियो ।
भूकम्पले तहसनहस भएको मुलुकमा थोरै भए पनि सहयोग गर्न पाएकोमा सन्तोष व्यक्त गर्दै भन्नुभयो–“आपतविपतमा सहयोग गर्ने नेपालीको बानी हुन्छ । नेपालीको छाती फराकिलो छ ।”
केन्द्रले यसअघि प्रधानमन्त्री राहत कोषमा २० हजार एक सय रुपियाँ जम्मा गरेको गायिका उपाध्यायले जानकारी दिनुभयो ।
मै छोरी सुन्दरी कसरी भरौँ पानी….लगायत दर्जनौँ कालजयी गीत गाएकी गायिका उपाध्याय आसाममा जन्मिए पनि नेपाललाई कर्म भूमि बनाएर नेपाली गीत÷संगीतको श्रीबृद्धिमा लागिरहनुभएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *