ताजा खबर

भूकम्पबाट पीडितका लागि ’अधकट्टी’ले च्यारिटी सो गर्ने

काठमाडौं । भूकम्पबाट पीडित बनेका नेपाली फिल्मका प्राविधिकहरुको सहयोगार्थ चलचित्र ’अधकट्टी’ले च्यारिटी सो गर्ने भएको छ ।

चलचित्रका निर्माता प्रदिप उदयले असार १ गते कुमारी हलमा च्यारिटी गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, काठमाडौसहित नेपालभरका ६ शहरमा च्यारिटी सो गरेर करिब १५ लाख उठाउने लक्ष्य राखिएको छ ।
उदयले काठमाडौबाट ५ लाख र बाहिरबाट १५ लाख रुपियाँ उठाउने लक्ष्य राखेको जानकारी दिनुभयो ।
च्यारिटिका लागि सम्पूर्ण हलले सो गर्दा लाग्ने सम्पूर्ण शुल्क मिनाहा गरेको जानकारी दिदै उहाँले यो कार्यक्रम अभिनेत्री ऋचा शर्माको संयोजनमा हुन लागेको बताउनुभयो ।
त्यस्तै च्यारिटीबाट प्राप्त रकम फिल्म देखाइएकै दिन प्राविधिक संघलाई हस्तानतरण गरिनेछ। संचारकर्मी सुव्रत आचार्यको निर्देशकिय डेब्यू रहेको चलचित्रमा गौरव पहाडी, अशिष्मा नकर्मी, प्रदिप बाँस्तोला, वील्सन विक्रम राई मुख्य अभिनय रहेको छ ।

स्रोत :गोरखापत्र

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *