ताजा खबर

म्यान्चेस्टर प्लेअफबाट उम्केला?

मङ्गलबार १९ जेष्ठ, २०७२
लन्डन– म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा रहेर सिजन अन्त्य गर्दै आगामी सिजन च्याम्पियन्स लिग खेल्ने आशा कायम राखेको छ। तर युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको प्लेअफमा टोलीले कसलाई प्रतिद्वन्द्वीमा पाउने भन्ने टुंगो अगस्ट ७ मा मात्र लाग्नेछ।
एक सिजनको अनुपस्थितिपछि च्याम्पियन्स लिगमा फर्कने तयारीमा रहेको लुइस भान हालको टोलीले प्लेअफमा २००४ को उपविजेता मोनाकोको सामना गर्नु पर्न सक्छ। गत सिजनको अन्तिम १६ मा आर्सनललाई निराश पारेको मोनाकोसँग प्लेअफमा भेट भए तीनपटकको विजेता युनाइटेडका लागि सजिलो नहुने अनुमान गरिएको छ।
युरोपेली फुटबलको महारथी युनाइटेडले च्याम्पियन्स लिग समूह चरणमा स्थान सुरक्षित गर्नलाजियो वा र्स्पोटिङ लिस्बनजस्ता वरियताहीन टिमसँग पनि खेल्नु पर्न सक्छ। एन्डरलेक, सिएसकेए मस्को, फेनेरवाच, पानाथिनाइकोस, र्यालपिट भियना, स्पार्टा प्राग र योङ ब्वाइज प्लेअफका अन्य टिम हुन्।
डेविड मोयेजको नेतृत्वमा गत सिजनमा प्रिमियर लिगको सातौं स्थानमा सीमित भएपछि युनाइटेडले २०१४–१५ सिजनमा च्याम्पियन्स लिग खेल्न पाएको थिएन। त्यही कमजोर प्रदर्शनका कारण लामो समयको आशासाथ ओल्ड ट्राफोर्ड पुगेका मोयेज एक सिजनमै बर्खास्गीमा परेका थिए। त्यसअघि सर एलेक्स फर्गुसनको नेतृत्वमा युनाइटेडले १९९६ देखि २०१४ सम्म लगातार १८ पटक युरोपको सबैभन्दा ठूलो प्रतियोगितामा सहभागिता जनाएको थियो। पछिल्लो पटक १० वर्षअघि प्लेअफ खेल्नुपर्दा युनाइटेड हंगेरीको प्रतिद्वन्द्वी डेब्रेकनलाई हराउँदै समूह चरणमा प्रवेश गरेको थियो।

 स्रोत :नागरिक

Related posts