कक्षको १२ को परीक्षा भोलीदेखि

काठमाडौँ, जेठ १९ गते

गत २०७१ सालको कक्षा १२ को वार्षिक परीक्षा भोलीदेखि सुरु हुँदैछ ।

गत वैशाख २० गतेबाट परीक्षा सञ्चालन हुनुपर्नेमा भूकम्पका कारण परीक्षालाई एक महिनापछाडि सारिएको थियो ।

उच्च माध्यमिक शिक्षा परिषद्ले भूकम्पका कारण अति प्रभावित बाहेकका ६८ जिल्लामा मात्रै कक्षा १२ को परीक्षा सञ्चालन गर्दैछ । नुवाकोट, धादिङ, गोर्खा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेमा पछि परीक्षा सञ्चालन गरिनेछ ।

परिषद्का अनुसार एक लाख ६१ हजार २१८ छात्र र एक लाख ६५ हजार ४४२ छात्रा गरी कुल तीन लाख २५ हजार ६६० परीक्षार्थी सम्मिलित हुँदैछन् ।

परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षा जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।

परीक्षाका लागि ८४६ परीक्षा केन्द्र कायम गरिएको छ । उत्तिकै सङ्ख्यामा केन्द्राध्यक्ष परिचालन गरिनेछ भने एक हजार ६९ सहायक केन्द्राध्यक्ष, ९१३ परिवेक्षक, नौ हजार ३१५ निरीक्षक, ८४६ कर्मचारी, एक हजार ६९२ कार्यालय सहयोगी र १० हजार ९९८ सुरक्षाकर्मी खटिने भएका छन् ।

स्रोत :गोरखापत्र

Related posts