ताजा खबर

कास्कीका मुख्य तीन दल गोर्खा लमजुङमा पुर्न निमार्ण अभियानमा

दिननाथ बराल

पोखरा १९, जेठ

कास्कीका मुख्य तीन दल कागेेंस, एमाले र एमाओबादी पार्टीका नेता तथा कार्यकर्ता गोर्खा तथा लमजुङ क्षेत्रमा भूकम्पबाट प्रभावित भएकाहरुको घर पुर्न निमार्ण अभियानमा लागेका छन । साथै केहि अन्य पार्टीहरुले समेत राहत तथा पुर्ननिमार्ण अभियानमा लागेका छन।

नेपाली कांगेस कास्कीले पार्टीको निर्देशन अनुसार लमजुङमा पुर्ननिमार्ण अभियानमा लागेका छन । पार्टीको निर्देशन अनुसार जेठ १५ गते देखि एक हप्ते अभियानमा भूकम्पबाट प्रभावित भएकाहरुको घर पुर्ननिमार्ण तथा व्याबस्थापनको लागि श्रमदान गर्न टोली खटिएको कागेेंस कास्कीका सचिव कृष्ण केसीले बताए । पारचोकमा पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई, वाहुनडाँडामा केन्द्रीय सदस्य जिवन परिवार र सभासद सारदा पौडेल सहितको टोली खटिएको सचिव केसीले जनाए । आवश्यकता अनुसार एक हप्ता भन्दा केहि दिन समेत श्रमदान गर्न सकिने उनल बताए ।

त्यसै गरी नेकपा एमाले कास्कीको जम्बो टोली गोर्खामा पुर्न निमार्ण तथा अस्थायी राहत कक्षा कोठा देखि घर पुर्न निमार्णमा जुटेको छ ।  जेठ १२ गते देखि टोली गोर्खाका विभिन्न गाँउमा पुगेर पुर्न निमार्ण अभियानमा जुटेको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले बताए । भूकम्पले अन्य जिल्लाको तुलनामा कास्कीमा खासै क्षति नभएकोले आफुहरुको पहिलो ध्यान गोर्खा केन्द्रीत भएको अध्यक्ष थापाले बताए । उनले भने “ पहिला बिद्यालय पुर्ननिर्माण, विपन्न बर्गका तथा अपाङगहरु भएकाहरुलाई प्रथामिकता दिएर पुर्ननिमार्णमा लाग्दै छौं । ” उनका अनुसार उक्त अभियानमा ४ वटा ठाँउमा गरी १ सय ६८ जनाको टोली पुर्ननिमार्ण अभियानमा लागेको छ । पर्वत र बाग्लुङको एक टोलीले समेत गोर्खामा पुगि पुर्ननिमार्ण अभियानमा लागेका छन ।

त्यसै गरी एमाओबादीको अर्को टोली गोर्खा लगायतका क्षेत्रमा पुगेर राहत वितरण तथा पुर्ननिमार्ण अभियानमा लागेको छ । कास्की पार्टी अध्यक्ष दिपक कोईराला सहितको टोली गोर्खामा पुर्ननिमार्ण अभियानमा लागेको हो ।

Related posts