ताजा खबर

गोमा एयरको जहाज दुर्घटना, ठुलो क्षति हुनबाट बच्यो

दिननाथ बराल

पोखरा, १९ जेठ

गोमा एयरको जहाज दुर्घटनामा परेको छ । गोमा एयरको नयाँ जहाज पोखराको धावन मार्गमा धसिएपछि दुर्घटनामा पर्दा ठुलो क्षतिहुनबाट बच्न सफल भएको हो ।

जोमसोमबाट यात्रु लियर पोखरामा आएको गोमा एयरको नाईन एन ए के वाई (ढ ल् ब्प्थ्) विमान अवतरणका क्रममा अग्रभाग (नोज) पाङ्ग्राको  लक नखुल्दा धावन मार्गमा धसिए दुर्घटनामा परेको पोखरा विमानस्थल कार्यालयका प्रमुख दीपक वरालले बताए । विहान उक्त जहाज दुर्घटनामा पर्दा करीब दुई घण्टा जसो उढानहरु संचालन हुन सकेको थिएन । उक्त जहाजलाई करीब २ घण्टा पछि पार्किङ्ग स्थलमा सारेर उडान नियमित सञ्चालन गरिएको पोखरा एयरपोर्ट कार्यालयका प्रमुख वरालले बताए । विहान सवा ७ बजेदेखि करीब २ घण्टा अन्य उडान संचालन हुन सकेका थिएन ।

प्रमुख बरालले उक्त दुर्घटना सामान्य भएको बताउदै उक्त विमानमा चालक दलका ३ जनासहित १८ जना यात्रु सकुशल रहेको जानकारी गराए । गोमा एयरका स्टेशन म्यानेजर पोषणमणि त्रिपाठीले विमान धस्सिदा अग्रभाग (नोज) मा सामान्य क्षति पुगेको बताए । उनले भने “दुर्घटनामा परी अग्रभाग सामान्य कुच्चिएको छ ।” अगाडीको भागको पाङ्ग्राको लक नखुल्दा समस्या आएको उनले बताए । मर्मत गर्न कम्पनिबाट प्राविधिक टोली झिकाएको त्रिपाठीले बताए । आजका जहाजमा क्याप्टेन ए.डी. सेर्पा मुख्य पाईलट रहेका थिए । आफ्नो जहाजमा सेफ्टी भएका कारण धसियर पनि ठुलो क्षति हुनबाट बच्न सफल भएको त्रिपाठीले बताए ।

गत असोजमा चेक रिपव्लिकबाट भित्राएको एल.ई.टी. ४१० नम्बरको एभिपिई–२० मोडलको ढ ल् ब्प्थ् जहाजबाट सेवा दिन शुरु गरेको एक हप्तामै यस्तो समस्या आएको हो । ६० करोड मुल्य रहेको उक्त जहाज नेपालमै करीब ३ दशक पछि पहिलो पटक भित्रिएको हो । गोमा एयरले गत जेठ १२ गतेबाट पोखरा–जोमसोम उडान संचालन गर्दै आएको छ । पोखरा जोमसोमको विदेशी पर्यटकको लगि १ सय १२ डलर, भारतीय पर्यटकको लागि ७ हजार २ सय ६०, नेपालीको लागि ४ हजार ९ सय ६० र नर्मल फ्लाईटम नेपालीलाई भने २ हजार ६ सय रुपैया शुल्क रहेको स्टेशन म्यानेजर त्रिपाठीले बताए ।

Related posts