एमाओबादी पुनः निमार्ण अभियानमा कास्कीका गाँउ गाँउमा

दिननाथ बराल

पोखरा १९, जेठ

गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पले कास्कीमा ग्रामिण भेगका धेरै घरहरु भत्केका तथा चर्केका भएकाले त्यस्ता घरहरुको पुर्न निमार्ण अभियानमा एमाओबादी कास्की लागेको छ । एमाओबादी कास्कीका उपाध्यक्ष गंगा पोखरेलको संयोजकत्वमा राजनैतिक टोली भूकम्पबाट प्रभावित भएकाहरुको घर घरमा पुगेर भत्केको घर पुर्न निर्माण अभियानमा जेठ ६ गतेबाट लागेको होे ।

भूकम्पबाट कास्कीका ग्रामिण भेगका ढुंगा माटाले निर्माण भएका घरहरु अधिकाश भत्केको तथा चर्केर उच्च जोखिममा रहेकोले उक्त घरहरु पुर्ननिमार्ण अभियानमा आफुहरुको ६० सदस्य टोली गाँउ गाँउमा निस्केको एमाओबादी कास्कीका उपाध्यक्ष पोखरेलले बताए । उनका अनुसार आफ्नो टोलीले कास्की माझठानामा १२, कालीकामा १०, रुपाकोटामा ८, हंसपुरमा ७ वटा भत्केका घरहरको पुर्न निमार्ण गरीएको पुर्ननिमार्ण संयोजक पोखरेलले बताए । उनका अनुसार टोली हाल कास्कीका हंसपुरमा रहेको छ  भने टोलीले थप ६ वटा घरमा समेत पुर्ननिमार्ण गर्ने भएको छ ।

टोलीले मिजुरे, सैमर्याङ, भाचोक, सिल्दजुरे लगायतका गाँउहरुमा जाने योजना भएको पोखरेलले बताए । स्थानीय रुपमा उपलब्ध हुने ढुंगा माटो, वास, काठ लगायतका बस्तुको प्रयोगले भत्केका तथा चर्केका घरहरुलाई ज्याकेटिङ गरी गारो लगाउने काम भएको पुर्ननिमार्ण अभियानमा सहभागि एक ईन्जीनियर रामचन्द्र केसीले बताए । अखिल क्रान्तीकारी पोखरा विश्व बिद्यालय जिल्ला समितिको टोली समेत पुर्ननिमार्ण अभियानमा लागेको समितिका अध्यक्ष बाबुराम दाहालले बताए । हसंपुर ३ की ६८ बर्षीया हरीमाया न्यौपानेले एमाओबादी सहितका नेता तथा कार्यकर्ताहरु घर घरमा पुगेर भत्केका घरहरु बनाएकोमा खुसिले हर्सित भईन । उनले भनिन “माओबादी जस्तै अन्य पार्टीहरु पनि यसरी पुर्न निमार्ण अभियानमा लागे देखि हामी जस्ता गरीव जनताले बर्खाको समयमा राहत पाउन सक्छौं ।” सोमबारसम्म टमाटरको टनेलमा राती बस्दै आएकी न्यौपाने मंगलबारको रातदेखि आफ्नै घरमा फर्किएकी छन । भत्केको घर माओबादी कार्यकर्ताले पुर्न निमार्ण गरेसंगै आजैदेखि घरमा फर्किन लागेको उनले बताई । यी एक प्रतिनिदि पात्र मात्र हुन । यस्तै अन्य व्यक्तिहरुलाई माओबादीको पुर्ननिमार्ण अभियानले पुर्न घर फर्काएको छ । कास्कीका अन्य दलहरु भने कास्की भन्दा छिमेकी जिल्ला केन्द्रीय राहत वितरण तथा पुर्ननिमार्ण अभियानमा लागेका छन ।

Related posts