ताजा खबर

नेपाल परिवार नियोजन संघको अध्यक्षमा पुन: अमु सिजापती

२०७२ जेष्ठ १८ सोमबार
धनगढी: नेपाल परिवार नियोजन संघको केन्द्रिय अध्यक्षमा पुन: अमुसिह सिजापती निर्वाचित भएकी छन् । संघको धनगढीमा भएको  महाअधिवेसनले अमुलाई पुन तिन वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।
सोमबार भएको निर्वाचनमा अमुले ८७ मत प्राप्त गरेकी छन भने उनका अर्का प्रत्यासी हिमालीलाल कसजूले ७२ मत प्राप्त गरेका छन् ।
१६ केन्द्रिय सदस्यका लागि भएको निर्वाचनमा संघका पूर्व महासचिव मनोज उप्रेती सहित अमु समर्थक बिजयी भएका छन । सोमबार भएको निर्वाचनमा १५९ मत खसेको थियो । अमुले नेतृत्व सम्हालेपछि संघले गति लिएको थियो ।
संघलाई हालै अन्तर्राष्टिय परिवार नियोजन महासंघ (आईपिपिएफ) ले आफ्ना १७० साखामध्ये नेपाल परिवार नियोजन संघलाई उत्कृष्ठ साखा अवार्ड प्रदान गरेको थियो ।
संघले देशका २८ जिल्ला साखा मार्फत  यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा लाखौ नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

स्रोत :अन्नपुर्ण पोस्ट

Related posts