ताजा खबर

लायन्स डिष्ट्रिक्ट द्वारा सर्जिकल माक्स हस्तान्तरण

दिननाथ बराल

पोखरा जेष्ठ १८:

लायन्स क्लब्स् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालले सर्जिकल माक्स सहयोग गरेको छ । सोमबार एक समारोह बीच लायन्स क्लब्स् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका लायन वर्ष २०१५÷१६ का डिष्ट्रिक्ट गभर्नर इलेक्ट लायन ध्रुव थापाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीकृष्ण श्रेष्ठलाई तीन हजार पाच सय सर्जिकल माक्स सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् ।

लायन्स अन्तराष्ट्रियको नारा ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ को मान्यता अनुसार भूकम्प पीडितको उपचारको लागि भोलेन्टीयर गर्ने स्वास्थ्यकर्मी तथा डाक्टरहरुको लागि उक्त माक्स वितरण गरिएको डिष्ट्रिक्ट गभर्नर इलेक्ट लायन धु्रव थापाले बताए । उक्त कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रेष्ठले लायन्सको यस सहयोगी कार्यले भुकम्प पिडित बिरामीहरुको उपचारमा महत्वपूर्ण राहत पुगेको बताए ।

उक्त कार्यक्रममा लायन्स क्लब्स् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर इलेक्ट लायन ध्रुव थापा, फस्ट लेडी तथा लायन्स क्लव अफ पोखरा सेती गण्डकीका लायन्स वर्ष २०१५÷१६ को अध्यक्ष लायन मिलन थापा, डिष्ट्रिक्टका चिफ एरिया को–अर्डिनेटर तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विकास समितिको सदस्य लायन तिर्थलाल श्रेष्ठ, डिष्ट्रिक्टका क्याबिनेट सचिव लायन विश्वेश्वर आचार्य, डिष्ट्रिक्टका रिजन चियर पर्सन लायन दुर्गा प्रसाद हुमागाई लगायतको उपस्थिती रहेको थियो ।

Related posts