दिननाथ बराल
पोखरा, १८ जेठ:
नायक भुवन केसी यति वेला पोखरामा व्यस्त छन । भूकम्पबाट प्रभावित भएको राजधानि लगायतका धेरै जिल्लामा मानिसहरु पुर्ववत रुपमा काममा फर्किन नसकि राखेको अबस्थामा भने नायक भुवन केसी सहितको टोली फिल्मको छायाङकन गर्न पोखरामा व्यस्त भएका हुन ।
नायक केसीको निर्देशन र आफ्नै लगानीमा निमार्ण हुन लागेको ड्रिम्स नामक फिल्म छायाङकनको लागि विगत ४ दिनदेखि पोखराको फुलवारी रिसोर्ट परिसरमा टिम रहेको छ । कलाकार सहितको टिममा राहत वितरण गरेर आफ्नो काममा फर्किएको नायक भुवन केसीले बताए । उनले भने “देशमा दुखः परेको वेला हामीले पनि केहि पिडितहरुलाई आफ्नो क्षेत्रबाट जे सकेको गरौैं अनि हामी अब पहिलेकै अबस्थामा फर्किनको लागि पनि यो कामलाई निरन्तरता दिदै छौं ।” एक हप्ता जसो पोखरामा उक्त फिल्मको छायाङकन हुने भएको छ । उनले आफ्ना छोरा अनमोल केसीलाई नायकको भुमिका दिएका छन भने सामराज्यलक्ष्मी शाहलाई नायिकको भुमिका दिउका हुन । युवा जमातलाई लक्षित गरी लभ स्टोरीमा तयार पारीने उक्त फिल्मले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुराउने भएको नायक केसीले दाबी गरे । उनले भने “हाम्रो फिल्ममा मुस्ताङको जोमसोम तथा माथिल्लो मुस्ताङ, पोखरा र काठमाण्डौका पर्यटकीय क्षेत्रहरुको समेत छायाङकन भएको छ ।”
भूकम्पको पिडाले मन दुखेको अबस्थामा बाचेकाहरुले घाईते तथा पिडितहरुलाई राहत र उद्धार गर्दै आफ्नो कामलाई अघि बढाउनुको विकल्प नभएको नायक केसीले बताए । आगामी भदौसम्ममा निमार्ण गर्ने तयारी गरे पनि भूकम्पबाट उक्त फिल्म करीब ६ महिनामा तयार हुने भएको केसीले जनाए । एक करोडको लागतमा निमार्ण हुन लागेको उक्त फिल्म संसारभर एकै साथ प्रदर्शनी गर्ने योजना भएको नायक केसीले जनाए । उनले भने “मेरो छोरा युथ छ, यो फिल्ममा धेरै नयाँ तथा युवा कलाकारहरु रहेका छन मलाई विश्वास छ यो फिल्म उत्कृष्ट हुन्छ ।” फिल्म बनाउन सजिलो भएको बताएका नायक केसीले राम्रो फिल्म बनाउन भने निकै गार्हो हुने गरेको बताए । नायक अनमोल केसी धनि बर्गका विजनेश म्यान लाहुरेका छोराको भुमिका रहेको छ ।