ताजा खबर

सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि टप्सलाई

दिननाथ बराल

पोखरा, १८ जेठ:

पोखरा रामघाटमा रहेको टप्स उच्च माविले सातौं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय जिल्ला स्तरीय खेलकुद प्रतियोगिता २०७१ को पनि उपाधि जितेको छ । यस पालीको उपाधि सहित टप्सले लगातार चार पटक उपाधि जित्न सफल भयो भने उक्त बिद्यालय राष्ट्रपति रनिङ शिल्डमा ६ पटक विजेता भई सकेको छ ।

जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, प्याब्सन र एन–प्याब्सान कास्कीको विशेष सहयोगमा आईतबार पोखरामा सम्पन्न उक्त प्रतियोगितामा छात्रा भलिबलमा प्रथम भई ३५ तथा एथलेटिक्समा दोस्रो भई १०१ गरी १ सय ३५ अड्ढ प्राप्त गर्दै टप्स उमाविले यस बर्षको पनि उपाधि माथि कब्जा जमाउन सफल भएको हो ।

यस्तै भलिबलमा १४ र एथलेटिक्समा ११२ गरी जम्मा १२६ अड्ढसहित कास्की मोडनाइज एकेडेमी द्वितीय तथा एथलेटिक्समा ७६ अड्ढसहित गौरीशंकर उमावि हेमजा तृतीय हुन सफल भएका छन्। च्याम्पियन बनेको टप्सले नगद १५ हजार, द्वितीय बनेको कास्की मोडनाइज एकेडेमीले नगद १२ हजार र तृतीय बनेको गौरीशंकर उमाविले नगद १० हजार प्राप्त गरेका छन ।

यस्तै कास्की जिल्ला खेलकुद विकास समितिले हरेक वर्ष दिँदै आएको छात्रवृत्तिअन्तर्गत यस वर्ष छात्रातर्फ टप्स उमाविका शशी चौधरी र छात्रतर्फ वीरेठाँटीका राजु दर्जीले प्राप्त गर्न सफल भए। दुवैलाई जनही १०÷१० हजार प्रदान गरिएको छ । जेठ १४ देखि सञ्चालित प्रतियोगितामा ४६ वटा विद्यालयको सहभागिता रहेको समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

विजेता तथा उपविजेतालाई प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाट, एन–प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोची, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपाने, कास्की जिल्ला एथलेटिक्स सङ्घका अध्यक्ष खेमबहादुर गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, कार्यालय प्रमुख प्रकाश बराल, राष्ट्रिय भलिबल खेलाडी अरुणा शाही, टप्स उमाविका संस्थापक रत्नमान गुरुङ, एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ल लगायतले पुरस्कार वितरण गरेका थिए । भूकम्पबाट त्रसित भएका बिद्यार्थीहरुको लागि भूकम्पको त्रास हटाउदै मनोरन्जन दिने उद्धेश्यले उक्त प्रतियोगिता यो अबवसरमा आयोजना गरीएको समितिका अध्यक्ष देवकोटाले बताए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *