ताजा खबर

साउन्ड टेबलटेनिस हुने

२०७२ जेष्ठ १८,

काठमाडौं (कास)– युवा साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला खेलकुद विकास समिति, युवा सूचना केन्द्र, काठमाडौं र नेपाल पारा ओलम्पिक कमिटीको आर्थिक सहयोग तथा नेपाल दृष्टिविहीन टेबलटेनिस संघको आयोजनामा साउन्ड टेबलटेनिस प्रतियोगिता असार २ गतेदेखि हुने भएको छ। दुईदिने प्रतियोगितामा समान १५ पुरुष/महिला गरी ३० प्रतिस्पर्धीको सहभागिता रहने आयोजक महासचिव एवं साउन्ड टेबलटेनिस प्रशिक्षक कुमार पौडेलले जनाएका छन्।

Related posts