ताजा खबर

संविधानसभा बैठक सर्‍यो

काठमाडौ, जेष्ठ १७ –

संविधानसभाको आइतबार बस्ने भनिएको बैठक बिहीबारसम्म स्थगित भएको छ। सभासदहरू भूकम्पपीडितको उद्धार र राहतको काममा जिल्लामै भएको कारण दर्शाउँदै संविधानसभा सचिवालयले बैठक स्थगित भएको सूचना जारी गरेको हो।

प्रमुख ४ दलको आइतबार बालुवाटारमा बसेको बैठकमा नेताहरूबीच संविधानसभा स्थगित गरी नयाँ संविधान र राष्ट्रिय सरकारको पहल गर्ने सहमति भएको थियो। वैशाख अन्तिममा राहत तथा पुन:स्थापनासहितको संकल्प प्रस्ताव पारित गर्ने दिन संविधानसभा बैठक आइतबारका लागि बोलाइएको थियो। भूकम्पको क्षति अध्ययन गर्न वैशाख १ देखि सभासदहरूको टोली सुरुमा अति प्रभावित १४ जिल्ला पुगी फर्किएको थियो।

स्रोत: अन्नपुर्ण पोस्ट

Related posts