जेष्ठ १७
काठमाडौं (कास)– भूकम्पपीडित टेबलटेनिस खेलाडीको सहयोगार्थ काठमाडौं जिल्ला टेबलटेनिस संघले खुला राष्ट्रिय टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता असार २७ देखि ३१ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन्। सिनियर र जुनियर पुरुष/महिलाको सिंगल्स तथा टिम गरी ८ तथा पुरुष भेट्रान्सको ५० वर्षमाथि सिंगल्समा १ गरी जम्मा ९ स्पर्धामा भिडन्त हुनेछ।
स्रोत:कान्तिपुर